राष्ट्रिय दोहोरी रनिङ सिल्ड हुने

dohori compititionकाठमाडौं, १९ चैत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दोस्रो अन्तर दोहोरीसाँझ स्तरीय राष्ट्रिय दोहोरी गीत (रनिङ सिल्ड) प्रतियोगिता (०७२) गर्ने भएको छ । २४ चैतदेखि २८ सम्म भृकुटी मण्डपमा प्रतियोगिता हुनेछ ।

प्रतिष्ठानले देशभरि १ सय २० वटा दोहोरी साँझ सञ्चालनमा रहेको र तिनमा दोहोरी गायन कलालाई व्यावसायिक बनाउँदै संघर्ष गरिरहेका कलाकारको प्रतिभा उजागरका लागि कार्यक्रम गर्न लागेको बताएको छ । प्रतियोगितामा प्रथम हुने समूहले ७७ हजार ७ सय ७७, दोस्रो हुनेले ५५ हजार ५ सय ५५, तेस्रो हुनेले २२ हजार २ सय २२ रूपैयाँ पाउनेछन् भने सान्त्वना पुरस्कार स्वरूप ११ हजार १ सय ११ रूपैयाँ दिइने प्रतिष्ठानले जनाएको छ ।

प्रथम हुने समूहले एउटा गीत रेकर्ड गनै लाग्ने स्टुडियो, छायांकन र प्रवद्र्धन खर्च पाउने बताइएको छ । प्रतिष्ठानले ०७१ देखि यो प्रतियोगिता सुरु गरेको हो ।

प्रतिक्रिया