निवासलाई छैटौँ डान

काठमाडौं । नेपाल सोतोकान कराते महासंघका अध्यक्ष एवं सोतोकान करातेका प्रमुख प्रशिक्षक निवास गोपाल वैद्यले सोतोकान कराते इन्टरनेसनल फेडेरेसनबाट छैटौँ डानको उपाधि प्राप्त गरेका छन् ।

जापानको टोकियो सहरमा मार्च २५ देखि २८ सम्म आयोजना भएको तेस्रो अन्तर्राष्ट्रिय सेमिनार तथा बेल्ट अपग्रेड बेल्ट टेस्टको परिक्षामा उत्तीर्ण हुँदै वैद्यले उक्त छैटौँ डान प्राप्त गरेको जापानबाट वैद्यले जानकारी गराएका छन् ।

विश्व सोतोकान करातेका ग्रान्ड मास्टर हिरोकाजु कनाजावाले लिएको परीक्षामा नेपालसहित ४५ देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ब्लाक बेल्टदेखि सातौँ डानसम्मको ग्रेडिङ परीक्षा लिइएको थियो ।

प्रशिक्षक दिनेश बज्राचार्य र जापानमा नै रहेका सुमन अवालले समेत सेमिनारमा सहभागिता जनाएका थिए । (सौस)

प्रतिक्रिया