विपाशाले करणसँग विवाह गर्ने

bipasha-karanमुम्बई । बलिउड अभिनेत्री विपाशा बसुले दुईपटक ‘डिभोर्स’ गरेका अभिनेता करण सिंह ग्रोभरसँग विवाह गर्ने भएकी छन् । उनीहरू प्रेम सम्बन्धमा रहेका थिए । करणको पहिलो विवाह अभिनेत्री श्रद्धा निगमसँग भएको थियो । उनको दोस्रो विवाह टिभी अभिनेत्री जेनिफर विंगेटसँग भएको थियो । करणको विपासासँग यो तेस्रो विवाह हो । करणकी आमा दीपा सिंहले उनीहरूको सम्बन्धलाई स्वीकृति दिएपछि उनीहरू विवाहतर्फ मोडिएका हुन् ।

मिडिया रिपोट्सका अनुसार उनीहरू यसैवर्षको ३० अप्रिलमा विवाह बन्धनमा बाँधिनेछन् । विवाहका लागि उनीहरूले मुम्बईको १ होटललाई चयन गरिसकेको पनि मिडया रिपोट्सले जनाएको छ । विवाहको चर्चाका बारेमा यो जोडीले औपचारिकरूपमा कुनै प्रतिक्रिया भने दिएको छैन् । (एजेन्सी)

प्रतिक्रिया