दुई वर्षमा चाहिएजति बिजुली : प्रधानमन्त्री

ljhosf] d':sfg   Joj:yflksf ;+;baf6 ##* dt k|fKt u/L #*cf}F k|wfgdGqLsf] ?kdf ljho ePkl5 g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL  . tl:a/ M k|bLk/fh jGt, /f;;

चितवन, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले १ वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने र २ वर्षमा उपभोक्ताले मागेजति बिजुली उपभोग गर्न पाउने बताएका छन् । उनले पूर्व–पश्चिम राजमार्ग ६ लेनको बनाउन लागेको जानकारीसमेत दिएका छन् । चितवनको रत्ननगरमा एमाले अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘पूर्व–पश्चिम राजमार्गलाई ६ लेनको सडक निर्माणका लागि सरकारले योजना तयार गरिसकेको छ ।’

एमालेको नेतृत्वमा संविधान जारी भएको भन्दै उनले अब देशले विकासको गतिलिने बताए । २ वर्षभित्र केरुङ्बाट काठमाडौं जोड्ने २ लेनको सडक निर्माण गरिसक्ने सरकारको योजना रहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकलाई २ वर्षमा नै खाद्यान्नमा आत्मनिर्भर बनाउने दाबी गरेका थिए । भैरहवा विमानस्थलको कामलाई अगाडि बढाउने, पोखरा विमानस्थलको काम तत्काल सुरु गर्ने, केरुङ–काठमाडौं, पोखरा, लुम्बिनी रेलमार्गको काम छिट्टै अघि बढ्ने उनले बताए ।

चीनसँग बोल्दा भारतले देख्ला र भारतसँग बोल्दा चीनले देख्ला भन्ने परम्पराको अन्त्य भएको भन्दै उनले दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राखेर भूपरिवेष्टित मुलुक भएको नाताले पारवाहनको अधिकार दुवैसँग लिन सकिने धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको पनि बताए । उनले सरकार अब निर्माणमा जुटेको भन्दै सडक बन्द गर्ने, नाका बन्द गर्ने र ताला लगाउनेलाई सरकारले नछाडने बताए ।

प्रधानमन्त्री ओलीले नेपाल भारतवेष्टित राष्ट्र नभई भूपरिवेष्टित राष्ट्र भएको बताए । उनले भने, ‘नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले भारतसँगको सम्बन्ध मजदुर र मालिकबीचको नभई सार्वभौमसत्ता सम्पन्न राष्ट्रबीचको हो ।’ चीन पनि छिमेकी मुलुक भएकाले भारत र चीन दुवैलाई हेर्ने दृष्टिकोण सरकारको बराबर रहेको उनको भनाइ थियो । एमाले राष्ट्रिय राजनीतिको चालक भएको भन्दै आफ्ना कार्यकर्तालाई शिर निहु¥याउने गरी कुनै पनि काम नगर्ने उनले बताए ।

अर्को १ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्प र नाकाबन्दीका कारण सम्पन्न हुन नसकेका निर्माण कार्य सम्पन्न गर्न १ वर्षको समयावधि थपिने जानकारी दिए ।

नेपाल निर्माण व्यवसायी महासंघको १८औं साधारणसभा एवं रजतजयन्तीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निर्माण व्यवसायीको मागअनुरूप एक वर्षको समय थप गरिने आश्वासन दिएका हुन् । भूकम्प र नाकाबन्दीले आपूर्ति असहज बनेको बताउँदै उनले काबु बाहिरको परिस्थितिमा कसैले केही गर्न नसक्ने भए पनि १ वर्षको समयलाई अधिकतम मानेर सकेसम्म चाँडै निर्माण सम्पन्न गर्न व्यवसायीलाई आग्रह गरे ।

गुणस्तरीय निर्माण कार्यलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सरकार सस्तोमा राम्रो काम गराउन खोज्छ, तर गुणस्तरहीन होइन ।’ प्रधानमन्त्री ओलीले व्यंग्य गरे, ‘नेपालमा मात्रै हो, बनाएकै भोलिपल्टै बाटो उप्कने गर्दछ ।’ निर्माण व्यवसायीले काम गर्दा आफ्नो देश आफैँले बनाइरहेको सोचेर काम गर्नुपर्नेमा उनको जोड थियो ।

भूकम्पले भत्किएको नेपालको गौरवको रूपमा धरहराको नवनिर्माणका लागि ‘मेरो धरहरा म बनाउँछु’ अभियान थालनी गरिएको र यस अभियानलाई सहयोग गर्न सबैसँग प्रधानमन्त्रीले आग्रह गरे । सरकारी बजेट र दाताको सहयोगमा धरहरा नबनाइने भन्दै उनले हाम्रो धरहरा हामीले नै बनाउनुपर्ने बताए । महत्वपूर्ण निर्माणका लागि दक्ष प्राविधिक खाँचो पर्ने भन्दै उनले विज्ञान प्रविधिको कलेज खोल्ने तयारीमा सरकार रहेको उल्लेख गरे ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले महासंघको रजत जयन्ती प्रतिकको लोगो सार्वजनिक गरेका थिए भने महासंघले तयार गरेको स्मारिकाको विमोचन गरेका थिए ।

प्रतिक्रिया