काठमाडौं, १६ चैत । ३ भदौमा प्रदर्शन मिति तय भएको चलचित्र ‘वीर विक्रम’को हङकङमा प्रिमियर शो भएको छ । मिलन चाम्सले निर्देशन गरेको उक्त चलचित्र हेरेर दर्शकहरूले भरपुर मनोरन्जन लिएको जानकारी दिएका छन् । उनले चलचित्रले दर्शकलाई हँसाउन तथा रुवाउने काम गरेको बताए ।
प्रिमियरमा सहभागी हुनका लागि चलचित्रका मुख्य कलाकार दयाहाङ राई, नायिका दीया पुन, निर्देशक मिलन चाम्स, सञ्चारकर्मी नरेश भट्टराई र ‘हँसिया’ चलचित्रकी मुख्य नायिका हेमा श्रेष्ठ हङकङ पुगेका थिए । हङकङको यूइन लङ थिएटरमा भएको भव्य प्रिमियरमा दर्शकको पनि उल्लेख्य उपस्थिति थियो ।
सञ्चारकर्मी नरेश भट्टराइले कलाकार र दर्शकसँग चलचित्रको बारेमा कुरा गरेका थिए । कार्यक्रममा मुख्य कलाकार दयाहाङ राइलाई देख्दा दर्शकका उत्साह थपिएको थियो । निर्देशक मिलन चाम्सले आफ्नो टार्गेट छोएकोमा खुसी व्यक्त गरे । उनले चलचित्रबाट शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको पनि बताए । चलचित्रमा अनुपविक्रम शाही, अर्पण थापा पनि मुख्य भूमिकामा छन् । अब, यो चलचित्रको प्रियिमर लन्डनमा पनि हुने निर्माण युनिटले जनाएको छ ।
प्रतिक्रिया