कसैलाई उक्साएको छैन : राजदूत रे

Ranjit-Raeकाठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजित रेले भारतले कुनै राजनीतिक समूहलाई नउक्साएको दाबी गरेका छन् । पछिल्लोसमय मधेस आन्दोलनकारीलाई समर्थन गरेको आरोप छिमेकी मुलुक भारतमाथि लाग्दै आएको छ । तर, राजदूत रेले भने नेपालमा भारतले एक समूहलाई समर्थन गरेको भन्ने भ्रम रहेको जनाएका छन् । उनले भनेका छन्, ‘हामी (भारत)सँग नेपालका लागि पोलिसी छ, कुनै समूहलाई होइन ।’

नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको र त्यसमा बेलाबेला उतार चढाव आउने गरेको उनले बताए । आन्दोलनरत मधेसी दलहरूले उठाएको मुद्दाबारे सोधिएको प्रश्नमा भारतीय राजदूत रेले नेपालको संविधानमा भएको संशोधनको भारतले यसअघि नै स्वागत गरिसकेको बताए । तर, मधेसी सन्तुष्ट छैन नि ? भन्ने प्रश्नमा उनले भने, ‘सबै विषय वार्ता र संवादबाट समाधान हुन्छ ।’

नेपाल–भारत सम्बन्धमा चीन फ्याक्टरबारे सोधिएको प्रश्नमा उनले बेइजिङले पनि नेपालमा राजनीतिक स्थिरता र विकास होस् भन्ने चाहेको बताएको इकोनोमिक्स टाइम्सले जनाएको छ । (सौस)

प्रतिक्रिया