धरान । नेपाल पाराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजनामा धरानमा पाराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा एक्स्ट्रिम धरानको संयोजन रहनेछ । आगामी १३ र १४ चैतमा हुने च्याम्पियनसिपमा धरानको आकाशमा एकैपटक १ सय वटा पाराग्लाइडिङ उडाइने भएको छ । २ दिन एकै साथ १ सयको हाराहारीमा पाराग्लाइडिङ उडान गर्दै प्रतियोगिता गर्न लागिएको हो । चौथो माउन्टेन स्पोर्टस् फेस्टिबलअन्तर्गत राष्ट्रियस्तरको पाराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा हुन लागेका हो ।
यसअघि ०६७ सालमा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा यो च्याम्यिनसिप हुन लागेको हो । प्याराग्लाइडिङको उत्सव मानिने यो कार्यक्रमले पाराग्लाइडिङलाई पूर्वमा विस्तार गर्न सहयोग पुग्ने कार्यक्रम आयोजकको भनाइ छ । प्रतियोगितमा पहिलो हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले
जनाएको छ । (सौस)
प्रतिक्रिया