यस्ती छिन् ‘झुम्की’

jhumkiकाठमाडौं, ८ चैत । नेपाली कथानक चलचित्र ‘झुम्की’को फस्टलुक सार्वजनिक गरिएको छ । रीश्मा गुरुङ र दयाहाङ राईको विशेष भूमिकामा रहेको झुम्की आगामी ९ भदौमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

अपिल विष्ट फिल्मस् र सिनेमा आट्र्सको ब्यानरमा संयुक्त रूपमा निर्माण भएको चलचित्रको अपिल विष्टले निर्देशन गरेका छन् । उनको साथमा मलिना जोशी, भोलाराज सापकोटालगायत कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई भदौको ९ गतेबाट रिलिज गर्ने तयारी गरिएको निर्देशक विष्टले बताए । चलचित्रमा रामबाबु गुरुङको लेखन, शैलेन्द्रध्वज कार्कीको छायांकन छ ।

निर्देशक विष्टका अनुसार यो तराइको कथा हो । थरुनी केटी र प्रहरीबीच हुने प्रेमको कथालाई यसमा उठान गरिएको छ । नेपालीपन बोकेको, नेपाली समाजकै कथामा चलचित्र निर्माण गरेको अपिलले जानकारी दिए ।

प्रतिक्रिया