राजकुमार ह्यारी काठमाडौंमा

a]nfotL /fhs'df/ Xof/L sf7df8f}Fdf a]nfotsf /fhs'df/ x]g/L rfN;{ cNj6{ 8]le8 …Xof/LÚ g]kfnsf] kfFrlbg] cf}krfl/s e|d0fdf lqe'jg cGt/f{li6«o ljdfg:yndf zlgaf/ ck/fXg cfOk'Ug'x'Fb} . g]kfn / a]nfotaLr s"6gLlts ;DaGw :yfkgf ePsf] @)) jif{ k'u]sf] cj;/ kf/]/ kf/:kl/s ;DaGwsf b'O{ ztfAbLnfO{ lr/:d/0fLo t'Nofpg a]nfotsL dxf/fgLsf k|ltlglwsf ¿kdf /fhs'df/ Xof/L g]kfn cfpg'ePsf] xf] . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, ६ चैत । बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमण लागि शनिबार काठमडौं आइपुगेका छन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय बनाउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आएका हुन् ।

राजकुमार ह्यारीले विमानस्थलबाट बाहिर निस्कने क्रममा हात हल्लाएर उपस्थित सर्वसाधारणलाई अभिवादन गरेका थिए । राजकुमार ह्यारीका साथ विदेश राज्यमन्त्री ह्युगो स्वायर पनि नेपाल आएका छन् ।

राजकुमार ह्यारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतले स्वागत गरेका थिए । नेपालका लागि बेलायती राजदूत रिचर्ड मरीस, लण्डनस्थित नेपाली राजदूतावासका कावा राजदूत तेजबहादुर क्षेत्री र अन्तर्राष्ट्रिय विकासका लागि बेलायती सहयोग नियोग (डिएफआइडी) का प्रमुखलगायत पनि राजकुमार ह्यारीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

नेपाल सरकारको निमन्त्रणामा राजकुमार ह्यारी नेपाल आएका हुन् । यो भ्रमण उनको पहिलो नेपाल भ्रमण हो । बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन् । युवराज चाल्र्स, तत्कालीन युवराज्ञी डायना र राजकुमार फिलिपबाट नेपालको भ्रमण भइसकेको छ । बेलयातसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामा नेपाल पहिलो मुलुक हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीबीच शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटघाटको कार्यक्रम रहेको छ । त्यसलगत्तै राजकुमार ह्यारीको सम्मानमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले स्वागत समारोहको आयोजना गर्ने छन् । सो अवसरमा राजकुमारले स्वागत समारोहमा सहभागी नेपाल सरकारका मन्त्रीहरु, उच्चपदस्थ अधिकृतसँग भेटघाट गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आइतबार शिष्टाचार भेटको कार्यक्रम तय भएको छ ।

गत वैशाख महिनामा नेपालमा गएको विनाशकारी भूकम्पले पु¥याएको क्षतिप्रति राजकुमार ह्यारीले चिन्ता व्यक्त गर्दै नेपाल भ्रमणको चाहना राखेका थिए । नेपाल भ्रमणका क्रममा राजकुमार ह्यारीले गत वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएका ललितपुर र भक्तपुरका विभिन्न स्थलको अवलोकनसमेत गर्ने छन् ।

आइतबार राजकुमार ह्यारीले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक स्थलमा भूकम्पले पारेको क्षतिको अवलोकन गर्ने छन् र नागबहालस्थित ‘गोल्डेन टेम्पल’ को अवलोकन गर्ने कार्यक्रम पनि छ ।

पुरातात्विक तथा ऐतिहासिक स्थल घुम्न र जानकारी राख्न उत्सुक राजुकुमार ह्यारीले ती स्थलमा भूकम्पले पु¥याएका क्षति र पुनःनिर्माणबारे जानकारीसमेत लिने छन् । परम्परागत काष्ठकला र सीपबारे पनि उहाँले जानकारी लिने छन् ।

आइतबारै राजकुमार भक्तपुर गई भूकम्पपीडित समुदायसँग भेट्ने र सहानुभूति प्रकट गर्ने छन् । नेपाल रेडक्रस सोसाइटीद्वारा त्यहाँ अवस्थित विपद्का समयमा वितरण गरिने आकस्मिक राहत सामग्रीबारे पनि उनले जानकारी लिने छन् । सो सामग्री बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले सोसाइटीलाई सहयोग गरेको थियो । राजकुमार ह्यारीले अस्थायी शिविरमा रहेका करिब २ सय ५० भूकम्पपीडितलाई सामूहिक रुपमा भेटघाट गर्ने छन् । त्यहाँ राजकुमारले उनीहरुका अनुभव पनि सुन्नेछन् ।

सोमबार र मंगलबार राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा बिताउने छन् । वन्यजन्तु प्रत्यक्ष रुपमा हेर्न उत्सुक ३२ वर्षीय राजकुमारले बर्दिया राष्ट्रिय वन्यजन्तु निकुञ्ज रहेका वन्यजन्तु खासगरी गैँडा, हात्ती र बाघका बारेमा जानकारी लिने छन् । उहाँले जलयात्राको मज्जासमेत लिने छन् । विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवं प्राविधिक सहयोग पु¥याउँदै आएको छ । त्यहाँका वन्यजन्ुत हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्दछन् ।

पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जाने छन् । उनले भूपू गोर्खा सैनिकका परिवारजनसित भलाकुसारीसमेत गर्ने छन् । साहस र वीरताका लागि प्रख्यात नेपाली युवाहरु सन् १८१५ देखि बेलायतको गोर्खा ब्रिटिस फौजमा समावेश गरिँदै आएको छ । पहिलो र दोस्रो विश्व युद्धमा ४० हजार गोर्खा सैनिकले ज्यान गुमाएका थिए । गोर्खा सैनिकमा कार्यरत १३ नेपाली विश्व प्रख्यात भिक्टोरीया क्रस पदकबाट विभूषित भइसकेका छन् । राजकुमार ह्यारीले सन् २००७÷८ मा अफगानास्तिानमा खटिएको गोर्खा सैनिकसँग सहभागी भएर सेवासमेत गरेका थिए । सो सेवाका क्रममा गोर्खा सैनिकको कामबाट प्रभावित बनेका ह्यारीले ‘गोर्खा सैनिकका बीचमा रहँदाको जस्तो सुरक्षा अन्त कतै नहुने महसुस गरेको’ टिप्पणी गरेका थिए ।

राजकुमार ह्यारीले लमजुङमा गोर्खा होमस्टेमा रात बिताउने कार्यक्रम छ । पोखरा, लमजुङ र बर्दिया घुमाइका क्रममा स्थानीय समुदायबाट प्रदर्शित हुने लोकसंस्कृतिको राजकुमारले प्रत्यक्षरुपमै सहभागी हुनेछन् । उनले सूर्याेदय तथा सूर्यास्तको मनमोहक दृश्यावलोकनको आनन्दसमेत लिने छन् । राजकुमार ह्यारीले सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्ने बेलायती दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा राजकुमार ह्यारी नेपालमा पहिलोपटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुने छन् । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)को आर्थिक एवं प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सो सम्मेलन आयोजना गर्न लागेको हो ।

राजकुमारले कान्ति बाल अस्पताल जानुभई अस्पतालको नवजातशिशु कक्षसहित विभिन्न बार्डको कामबारे जानकारी लिने छन् । त्यस्तै सानोठिमीस्थित प्राविधिक विद्यालय गएर प्राविधिक शिक्षाबारे जानकारीसमेत लिने छन् । भ्रमणको अन्तिम दिन राजकुमार ह्यारीले आफ्ना अनुभव सार्वजानिकसमेत गर्ने छन् ।

प्रतिक्रिया