हलेसी महादेवको यात्रा र दिसामुक्त जिल्ला घोषणा

Halesi-1 copyहलेसी महादेव दर्शन गर्नका लागि गाडी पुग्यो रे ! एकै दिनमा दर्शन गरी फर्कन सकिन्छ रे ! यस्ता धेरै कुरा सुनिन लागेको धेरै भयो । हुन त म पहिला त्यहाँ ३ दिनको पैदल यात्रामा पुगेको थिएँ । यसपाली मलाई बसबाट हलेसी जाने रहर पलायो ।

सामाजिक संस्थामा काम गर्ने भएकोले संस्थाका सबै कर्मचारीहरू मिलेर हलेसी जाने निधो ग¥यौँ । ०७२, १७ गते उदयपुर सदरमुकाम गाईघाटमा भेला भई बस चढ्यौँ र मध्यपहाडी लोकमार्ग हँुदै हलेसी यात्राका लागि अगाडि बढ्यौँ । उदयपुरको जाल्पा चिलाउनेस्थित सुकौरा बजारमा चालकले गाडी बिसायो ।

सबैजना गाडीबाट ओर्लन तम्तयार थिए । बिहानको समय भएकाले होला कोही दिसा गर्ने मनसाय व्यक्त गर्दै थिए त कोही पिसाब फेर्ने भन्दै थिए । ससाना केटाकेटी भएर पनि होला गाडीबाट झर्नका लागि हतारो गर्दै गरेका थिए । सबै भैmँ म पनि गाडीबाट ओर्लिएँ, नजिकैको एउटा पसलमा गएर सोधेँ, ‘आमा यहाँ चर्पी कता छ ?’ आमाले झर्किएर जवाफ दिइन् ‘ऊ त्यो पुलपारिको चर्पीमा गएर गर ।’

मैले सबै साथीहरूलाई चर्पी देखाएँ सबै जना ह्वार्र चर्पी भएतिर जानुभयो र एक–एक गरी फर्कंदै आउनुभयो । मलाई अनौठो लाग्यो किन एकाएक फर्किए म चर्पी तिर अगाडि बढेँ र यसो चर्पीको ढोका खोलेर हेरेँ । चर्पीको प्यानभरी ढुंगा र काठका ठुटाहरूले भरिएको रहेछ । न पानी थियो त्यहाँ न त खुट्टा हाल्ने ठाँउ नै । मलाई चर्पी जान हतार थियो मैले सुकौरा बजारको केही पसलका साहुनीहरूलाई चर्पी जानका लागि अनुरोध गरेँ कसैले पनि चर्पी जान दिएनन् । चर्पीमा त ठुल्ठूला भोटे ताल्चा ठोकेका थिए । अब चर्पी प्रयोग गर्नु मेरो क्षमताभन्दा बाहिरको कुरो भयो ।

म यताउता छटपटाउन थाले । खुल्ला ठाउँमा पिसाब गर्नका लागि योजना बनाउँदै थिएँ । चर्पीदेखि निकै पर–परसम्म पनि खुट्टा हाल्ने ठाउँ थिएन । शौच गन्हाएर सही नसक्नु भयो म गाडी भएको ठाउँतिर अगाडि बढ्दै थिए । एक्कासी मेरा आँखा नजिकैको पर्खाल जत्रो होर्डिङ बोर्डमा पुग्यो लेखिएको थियो ‘खुल्ला दिसामुक्त जाल्पा चिलाउने गाविसमा याहाँहरूलाई स्वागत छ’ ।

halesi03 copyम झसंग भएँ । यहाँ त जथाभावी शौच गर्न हुँदैन । मनभरि कुरा खेलाउँदै अगाडि बढ्दै थिएँ । न त सार्वजनिक शौचालयमा जान सकिन्छ न त कसैले शौचालय प्रयोग गर्न दिन्छन् म दिक्क भएँ, गाडीले हर्न लगायोे ।

गाडीले गति लियो । त्यसपछिको अर्काे स्टेसन मुर्कुची बजारमा गाडी रोक्न लगायौँ र बजारमा ओर्लियौँ । चर्पी सोध्यौँ, १ जना भाइले सार्वजनिक चर्पी देखाइदिए । हामी १÷१ गरी चर्पीभित्र पस्यौँ हातले नाक थुनेर २ मिनेट बिताउन बाध्य भयौँ । फेरी मेरा आँखा नजिकैको घरमाथि भएको होर्डिङबोर्डमा प¥यो लेखिएको थियो, ‘चर्पी सधँै सफा राखौँ, स्वस्थ्य हुन्छ जीवन, सफा राखौँ घर आँगन’ बोर्डमा लेखिएका अक्षरहरू पढ्दै गाडी चढे ।

गाडी बढ्दै गयो । म गाडीको अगाडिको भागमा बसेकाले होला मेरो आँखा ठड्याएर राखिएका होडिङ बोर्डमा पुग्थे, लेखिएको हुन्थ्यो ‘खुल्ला दिसामुक्त गाविसमा स्वागत छ । खुलाठाँउमा दिसापिसाब गर्नेलाई ५ सय जरिवाना ।’ पंचावती गाविसको नेपालटारमा गयौँ र शौचालय खोज्यौँ त्यहाँको शौचालयको हालत त झनै हेरिसक्नु थिएन । हाम्रो यात्रा कटारीतिर अघि बढ्यो । होटलको खानपिन भएकाले होला शौचालय प्रयोगका लागि कठिन भएन । उदयपुरको पर्यटकीय स्थल बेतेनी भञ्ज्याङमा पुगेर गाडी बिसायौ र नजिकैको पसलमा गई फेरी सोही शव्द उच्चारण भयो, आमै चर्पी कता छ ? ‘आमैले उत्तर दिइन् यो घुम्ती कटेर जा टोइलेट आउँछ ति गर ।’ म सरासर अघि बढेँ निकै पर पुगेपछि एउटा ढल्केको घर देखियो त्यो घरको वरिपरि दिसैदिसा थियो । दिसा छिचोल्दै बल्लबल्ल चर्पीको ढोकामा पुगेँ र ढोका उघारेर यसो हेरको त त्यँहाभित्र त ढुँगा, घोचा र माटो मात्र थुपारेको रहेछ । म निराश हँुदै गाडीतिर फर्किंदै थिएँ । मेरो आँखा एक्कासी एउटा घरको भित्तामा प¥यो । लेखिएको थियो ‘सार्वजनिक शौचालयमा शौच गरी सभ्य नागरिकको परिचय दिआँै ।’

यसो हेरेँ लेखाइ र गराइमा घेरै फरक थियो । म सरासर सोही पसले आमैकोमा आएँ र भने आमै चर्पी छैन ? आमैले भनिन ‘नानी भात खायौँ ?’ मैले भने, ‘अहिले कटारीमा खाएर आएको आमै’ मेरो कुरा सकिन पाएको थिएन आमैको उत्तर मेरो कानमा प¥यो, ‘भात एकातिर चर्पी एकातिर केही खानेलाई मात्र चर्पी छ नत्र चर्पी छैन जा’ । म अचम्ममा परेँ । के खानु र अहिले त भात खाएर आए आमै २० रुपैयाँ दिन्छु नि, आमैले हँुदैन जा भनिन् । यत्तिकैका गाडीले हर्न बजायो । हाम्रो यात्रा लेखानी गाविसको घुर्मीमा पुगेर रोकियो एउटा होटलमा बिसायौँ, खाजा खायौँ खासै गारो भएन चर्पी प्रयोगका लागि । तलतल सुनकोसी आफ्नै गतीमा सुसाउँदै उसको यात्रा तय गर्दे थियो । वरिपरि पहाडहरूको शृंखला, प्रकृति मनोरम थियो । हामी यात्रीहरू यात्रालाई भरमग्दुर खुसी दिलाउन आआफ्ना कलाहरूलाई पस्कँदै यात्रा गर्दे थियौँ । घुमाउरो अनि धुले बाटोलाई छिचोल्दै हामी त्यहाँबाट हलेसी पुगेर बस्यौँ ।

धार्मिक एवं पर्यटकीय स्थल हलेसी धेरै साथीहरूको लागि हलेसी अनौठो थियो । विकासको आधुनिकताले हलेसी बजारलाई पनि राम्रैसँग विकास गरेको रहेछ । वरिपरिबाट जाने मोटरबाटो, ठुल्ठूला घर तथा सुविधासम्पन होटलहरू हलेसीको सान बनिसकेको रहेछ । हिन्दू तथा बौद्ध धर्मको साझा धार्मिक स्थल हलेसीको धार्मिक तथा पर्यटकीय दृश्यावलोकनपछि भोलिपल्ट हामी त्यहाँबाट हिड्यौँ । बाटोका दिनचर्याहरू हिजो जस्तै बने । यात्रा गाईघाटमा आएर टुंगियो ।

त्यसको केही दिनपछि अफिसको काम गर्दै थिएँ । टेबलको घर्रा खोलेको मात्र थिएँ मेरो आँखा एउटा रातो रङको निमन्त्रण पत्रमा प¥यो । त्यसमा उदयपुर जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषण गर्ने मिति र स्थानसमेत लेखिएको कार्डमा प्रमुख अतिथि, विशेष अतिथि, र सरसफाई दूतको नामसमेत लेखिएको थियो । हलेसी यात्रा सम्झिएँ र नजिकैको ल्यापटप तानेर सामाजिक सञ्जाल फेसबुक खोलेँ यसो हेरेको त उदयपुरलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नका लागि तपाईंलाई पनि चुलै निम्तो है लेखेको देखेँ । मलाई अचम्म लाग्यो । उक्त कार्यक्रममा म पनि सहभागी भएँ ।

गाईघाटको मुटुमा रहेको बरुवा क्याम्पसको मैदानमा तामझामका साथ कार्यक्रम भएको थियो । मञ्चहरू सजाईएका थिए । मञ्चभरि सोफा राखिएका थिए । सोफामा मन्त्री, राज्यमन्त्री, सरसफाइ दूतजस्ता उच्च पदस्त मानिसहरू खादा र सयपत्री पूmलका मालाले सजिएका थिए । हामीले ठूलो सफलता हात पारेका छौँ हामी उदयपुर वासीको मिहिनेतको परिणामको फल हो यो, हामी सगरमाथा अञ्चलमै पहिलो भएका छौँ, उनीहरू भन्दै थिए । हामी खुला स्थानमा दिसापिसाब गर्ने छैनौँ, सबै गाविसमा सार्वजनिक शौचालय छ र सबैको घरमा शौचालय छ । हामीले महान् काम गरेका छौँ भन्दै ठुल्ठूला मायाको चिनो वितरण गर्दै एक अर्कामा अँगालो मार्दै खुला दिसामुक्त जिल्ला घोषणा कार्यक्रम सकियो ।

मैले हलेसी यात्राको स्मरण गरेँ, ग्रामीण भेगमा व्यक्तिगत तथा सार्वजनिक शौचालयको टीठलाग्दो अवस्थाको । चिल्ला गाडी चढेर सुरक्षाकर्मी अघिपछि लगाएर हिँड्नेलाई के थाहा ? उदयपुर जिल्लाको शौचालयको अवस्था खुल्ला स्थानमा दिसापिसाब किन हुन्छ ?

प्रतिक्रिया