झापामा तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल हुने

झापा । झापाको दुवागढीमा तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आगामी वैशाखको पहिलो सातादेखि प्रतियोगिता हुनेछ । खेल ४ दिनसम्म सञ्चालन हुनेछन् ।

प्रतियोगितामा पूर्वाञ्चल भलिबल संघ, मध्यमाञ्चल क्षेत्रीय भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, जाउलाखेल ट्रेनिङ सेन्टर, ढोरपाटन भलिबल क्लब र विभागीय नेपाल पुलीस, सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मीसहित ८ वटा टिम सहभागी हुने निश्चित भएको छ । प्रतियोगिताको पहिलो हुनेलाई ३ लाख १५ हजार, दोस्रोलाई १ लाख ७५ हजार रुपैयाँ र तेस्रोलाई १ लाख १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । (सौस)

प्रतिक्रिया