नीता ‘निर्भय’को तयारीमा

neeta dhunganaकाठमाडौं, ३ चैत । नायिका नीता ढुंगाना चलचित्र ‘निर्भय’को लागि तयारीमा जुटेकी छन् । उनले नयाँ चलचित्र ‘निर्भय’ छायांकनका लागि तयारीमा लागिपरेकी जनाएकी छन् । चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ले अपेक्षित व्यापार नगरेपछि केही निराश देखिएकी उनले नयाँ चलचित्रका लागि तत्पर भएकी बताएकी छन् ।

उनको यो वर्ष २ वटा चलचित्र रिलिज भए पनि त्यति सुखद बनेन । यसैले पनि अब आपूm नयाँ प्रोजेक्टको तयारीमा जुटेको नीताको भनाइ छ । नीताका अनुसार उनी चलचित्र ‘निर्भय’को छायांकनका लागि तयार हुँदै छिन् । यो चलचित्रमा नायिका ढुंगाना आफू शिक्षिकाको भूमिकामा देखिन लागेको बताउँछिन् । चलचित्रलाई मधुसुदन भट्टराइले निर्देशन गर्दैछन् । यो चलचित्रको छायांकन १५ चैतेबाट सुरु हुँदै छ ।

नायिका ढुंगानाले आफू ‘निर्भय’ पछि ‘लीला’मा व्यस्त हुने बताइन् । यो चलचित्रलाई भने नयाँ टिमले निर्माण गर्दै छ । निताले यी दुई चलचित्रले आफ्नो आउँदो वर्षको भविष्य निर्धारण गर्ने बताउँछिन् ।

प्रतिक्रिया