यु–१५ गर्ल्स फुटबलमा बाँके र कैलालीको जित

girls_ffotballनवलपरासी । नवलपरासीमा जारी यु–१५ गल्र्स फुटबल टुर्नामेन्टमा आइतबार बाँके र कैलालीले जित हात पारेका छन् । आइतबारको दोस्रो खेलमा कैलालीले सिन्धुपाल्चोकलाई स्तब्ध पा¥यो । कैलालीका लागि महिमा चौधरी चम्किँदा सिन्धुपाल्चोक ३–० गोल अन्तरले पराजित भयो ।

कैलालीले तिनै गोल पहिलो हाफमा नै गरेको थियो । उसका लागि महिमाले पहिलो हाफको सुरुआतीमा नै गोल गर्दै अग्रता दिलाइन् । महिमाले खेलको सातौँ र २०औँ मिनेटमा गोल गरिन् । त्यस्तै खेलको २९औँ मिनेटमा मनकुमारी चौधरीले कैलालीका लागि तेस्रो गोल गरिन् । पहिलो हाफको सुरुआती ३० मिनेटमा नै ३–० को अग्रता लिइसकेको कैलालीले बाँकी समयमा भने गोल गर्न सकेन ।

त्यस्तै पहिलो खेलमा बाँकेले झापालाई ५–० को फराकिलो गोल अन्तरले हरायो । उसका जितमा किरन थापाले ह्याट्रिक गरिन् । किरनले २६, ३९ र ६१औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । त्यस्तै प्रभा घर्ती मगरले १८औँ र ४०औँ मिनेटमा गोल गरेकी थिइन् । (सौस)

प्रतिक्रिया