गुरुकुलका शिशिर र प्रिती विजयी

gurukul ka Priti n shisir bijaye copyकाठमाडौ, २९ फागुन । गुरुकुलका शिशिर वाइबा छात्रतर्फ र प्रिती तामाङ छात्रातर्फ प्रथम महर्षि म्याराथनअन्तर्गत ५ किमि दौडमा विजयी भएका छन् ।

सामाखुसीस्थित महर्षि स्कुलको अभिभावक दिवसको अवसरमा आयोजित ५ किमि दौड शिशिरले २७ मिनटमा पूरा गरेको खेल प्रशिक्षक हरि थापामगरले जनाएका छन् । त्यस्तै प्रितीले उक्त दुरी ३२ मिनेटमा पूरा गरेकी थिइन् । छात्रको दोस्रो र तेस्रो स्थानमा महाँकाल उच्च माविका सुदन राई र सन्दीप कसुवाल आए । छात्रातर्फ गुरुकुलकी सोनु गुरुङ दोस्रो र आयोजक महर्षि स्कुलकी तेजिना जगजालीले तेस्रो स्थान प्राप्त गरे । विजयी पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५, ३ र २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा उपत्यकाका २६ स्कुलका ८३ छात्रा र २ सय ८ छात्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया