साजन बने छैठौँ ‘बिग आइकन’

sajanपोखरा, २९ फागुन । चितवन पटिहानीका साजन आले छैठाँै संस्करणको बिग आइकन बनेका छन् । ३ जना फाइनलिस्ट सृष्टि गुरुङ, अनु गुरुङ र अम्बिका पुनलाई भोटले पछाडि पार्दै साजनले बिग आइकनको टाइटल जितेका हुन् ।

बिग आइकनको टाइटलसँगै साजनले १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र २ हप्ते बेलायतको सांगीतिक यात्रा गर्ने अवसर प्राप्त गरेका छन् । मंगलबार पोखरा सभागृहमा भएको ग्रान्डफिनालेमा अभिनेत्री करिश्मा मानन्धरले साजनलाई विजेता घोषणा गरेकी थिइन् । साजनलाई नेपाल जनरल मार्केटिङ ज्योति ग्रुपकी प्रबन्धनिर्देशक सुरुची ज्योतिले हिरो ड्यास स्कुटरको साँचो हस्तान्तरण गरिन् । केहि समयपछि साजन सांगीतिक यात्राका लागि काठमाडौं थापाथलीस्थित द ब्रिटिस कलेजको प्रायोजनमा बेलायत भ्रमणमा निस्कनेछन् ।

साजनले आपूmलाई भोट गरेर जिताउने सम्पूर्ण शुभचिन्तक र स्रोतालाई धन्यवाद दिए । विजेता बन्न आफ्नो लागि ठूलो उपलब्धि भएको बताउँदै बिग आइकन जस्तो ठूलो मञ्च प्रदान गर्ने बिग एफएम प्रति उनले श्रद्धा व्यक्त गरे । साथै नेपाली सांगीतिक क्षेत्र आपूmले अझै धेरै गर्न बाँकी रहेको भन्दै बिग आइकनको साख जोगाउन हरप्रकारको प्रयत्न आपूmले गर्ने उनले बताए ।

स्थानीयस्तरमा हुने विभिन्न सांगीतिक कार्यक्रममा गीत गाउँदै आएका साजनले गोरखाको १ जना फेसबुक साथीमार्फत बिग आइकनको बारेमा थाहा पाएका थिए । त्यसपश्चात् उनी पोखरा आएर बिग आइकनको फारम भरेका थिए । करिब साढे २ महिना चलेको बिग आइकनको अडिसनमा उनी पोखरा आएर आफन्तसँग बसेका थिए ।

बिग आइकनको फस्ट रनरअप पोखरा मालेपाटनकी अनु गुरुङ बनिन् । टाइटलसँगै उनले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । अम्बिका पुन सेकेन्ड रनरअप भएर ५० हजार रुपैयाँ पुरस्कार हात पारिन् भने थर्ड रनरअप हुँदै सिर्जनाचोककी सिर्जना गुरुङले २५ हजार रुपैयाँ जितिन् । फाइनलमा पुगेका सम्पूर्ण प्रतिस्पर्धीले बिग आइकनको कारणले सांगीतिक क्षेत्रमा आपूmहरूको छुट्टै पहिचान भएको भन्दै बिग एफएमलाई धन्यवाद दिए । साथै उनीहरूले फाइनलसम्म पुग्न सहयोग गर्ने स्रोता र निर्णायकहरूलाई पनि धन्यवाद दिए ।

यो पटकको बिग आइकनमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनील थापा र विनोद बानिया निर्णायक रहेका थिए । बिग आइकनको ग्रान्ड फिनालेमा उत्कृष्ट १० प्रतिस्पर्धीले पनि आफ्नो प्रस्तुति राखेका थिए । प्रतियोगीहरूले गीत प्रस्तुत गर्दै गर्दा यो पटक कोरसहरू स्टेजमा नाचेका थिए । सम्पूर्ण गीतमा राखिएका नृत्यलाई रोहन नेपाली ‘शिव’ले कोरियोग्राफी गरेका थिए ।

बिग आइकनको प्रमुख अतिथिको रूपमा कार्यक्रममा आएकी अभिनेत्री करिश्मा मानन्धरले सांगीतिक प्रतिभाहरूको लागि यति बृहत् मञ्च खडा गरिदिएकोमा बिग एफएमलाई धन्यवाद दिइन् । मोफसलमा रहेको एउटा एफएमले राष्ट्रियस्तरमा प्रभाव राख्ने यस्तो खाले कार्यक्रम गर्नु निकै सुखद कुरा भएको उनले बताइन् । साथै उनले यस्तो खाले कार्यक्रमलाई निरन्तरता दिन आग्रहसमेत गरिन् ।

प्रतिक्रिया