६७ कुर्दिस लडाकुको मृत्यु

अंकारा, २९ फागुन । टर्कीको राज्य सञ्चालित न्युज एजेन्सीले यहाँको सेनाले उत्तरी इराकमा रहेको कुर्दिस विद्रोही (पिकेके)को आश्रयस्थललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा पिकेका ६७ लडाकुको मृत्यु भएको जनाइएको छ । अनादोलु एजेन्सीका अनुसार १४–एफ–१६ र एफ–४ युद्धक विमानद्वारा पिकेके विद्रोहीको हतियार तथा बन्दोवस्तीका सामान भन्डारण गरी राखिएको भन्डारण केन्द्र सुरक्षाका लागि बनाइएको बंकर, आश्रयस्थलमा आक्रमण गरिएको थियो ।

उत्तरी इराकको क्वस्डिल हिमाल, पिकेके उच्च नेताले बस्दै आएको इराकी सीमास्थित अखडालगायतका ठाउँमा टर्कीले लगातार गोलाबारी गरेको प्राप्त समाचारमा जनाइएको छ । कुर्दिस समुदायको स्वायत्त राज्यको माग गर्दै टर्कीको दक्षिणपूर्वी क्षेत्रमा संघर्षरत पिकेके समूहलाई आतंककारीको सूचीमा राखेको छ ।

प्रतिक्रिया