काठमाडौं, २८ फागुन । नेपालको पहिलो बालमैत्री सुनवल नगरपालिकाका १ सय १७ बाल क्लबले धुर्मुस–सुन्तली सरसफाई अभियानमा ऐक्यवद्धता जनाएका छन् । १ सय १७ बाल क्लबका ३ हजार २ सय ५० सदस्यले नगरपालिकालाई वातावरणमैत्री बनाउन यो अभियानमा ऐक्यवद्वता जनाएका हुन् ।
बालबालिकाहरूकै पहलमा नगरपालिकालाई बालमैत्री बनाउन सम्भव भएको भन्दै नगरबाल सञ्जालकी संस्थापक अध्यक्ष एवं बालमैत्री अभियानकी अभियान्ता विपना शर्माले सुनवललाई वातावरणमैत्री बनाउने लक्ष्यका साथ धुर्मुस–सुन्तली सरसफाई अभियानमा ऐक्यवद्धता जनाएको बताइन् । ११ वर्षदेखि बाल क्लबमा संलग्न भएकी विपनालाई केहि समयअघि एसियाली महिला मानवअधिकार पुरस्कार प्रदान गरिएको थियो ।
पछिल्लो समय धुर्मुस–सुन्तली सरसफाई अभियानमा ऐक्यवद्धता जनाउँदै सरसफाई गर्ने संघसंस्थाहरू बढ्दै गएका छन् । हेटौँडा, सिन्धुपाल्चोक, बाँके, बर्दिया, कैलाली, महोत्तरीलगायतका जिल्लाहरूमा धुर्मुस–सुन्तली क्लब गठन भएका छन् ।
प्रतिक्रिया