सपनाको लागि बनेको “कबड्डी कबड्डी”

kabbadi kabbadi copyकाठमाडौं, २७ फागुन । नेपाली चलचित्रको व्यापार खस्किरहेको बेला अप्रत्याशित सफलता हासिल गरेको चलचित्र ‘कबड्डी’ निर्देशक रामबहादुर गुरुङले कबड्डी–कबड्डी सपना देखेर बनाएको बताएका छन् । फिल्म बनाउँदा राम्रै सपना देखेको बताउँदै उनले दर्शकहरुको माग र अधिल्लो चलचित्रको बजारले उत्साहित बनाएको
बताएका छन् ।

नेपाली दर्शकले मौलिक विषयमा बनेको फिल्म मन पराउँछन् भन्ने पहिलो फिल्मवाटै पुष्टि भएकाले उनीहरुले आँखा चिम्लिएर निर्माण गरेको बताएका छन् । त्यहि टिममा आबद्ध भएकाहरुले सल्लाह गरेर यो फिल्म बनाएका हौ ।

पहिलो चलचित्र ‘कबड्डी’ले हलमा लागेकै दिन राम्रो ब्यापार गरेकैले आँट गरेको उनले खुलाए । तिन वर्ष अघिको घटना सम्झँदै निर्देशक गुरुङले भने कबड्डी राम्रो छ भनेर प्रतिक्रिया दिनेहरु धेरै थिए । तर, दर्शकको प्रतिक्रिया नआएसम्म केही भन्न सक्ने अवस्था थिएन ।निर्देशक गुरुङ फिल्म राम्रो बनाएकोमा ढुक्क थिए । तर, राम्रा फिल्म नचलेको उदहारण भोगेका थिए उनले । त्यसकारण के हुन्छ भन्नेमा अन्यौल छँदै थियो । फिल्म राम्रै भएपनि दर्शकले मन पराएनन् भने उभो लागिदैन भन्ने बुझेका थिए उनले ।

फिल्मको ब्यापार क्रमश राम्रो हुँदै गयो । पहिलो दिन भन्दा दोस्रो दिन राम्रो, दोस्रो भन्दा तेस्रो दिन राम्रो । हलमा दर्शक भरिंदै गए पछि उनलाई लाग्यो ‘हाम्रो टिमको प्रयाश सफल भएछ ।’

गुरुङ भन्छन् ‘कबड्डी हामीले कुनै सपना देखेर बनाएका थिएनौ, मात्रै नेपाली कथामा एउटा फिल्म बनाउने प्रयाश मात्रै थियो ।’ फिल्मको लगानी पनि थोरै थोरै गरेर जम्मा भएको थियो । निर्देशक, मुख्य कलाकार सिनेमाटोग्राफर सबै शेयर सदस्य भएका काम गरेका थिए ।

रामबाबुको भनाई अनुसार जतिवेला उनीहरु कबड्डी बनाउने तयारीमा थिए राजनितीक स्थिती पनि राम्रो थिएन । फिल्मको त कुरै छाडौं । ब्यबसायिक भनिएका तर, ब्यबसाय गर्न नसकेका फिल्मको सूची लामो थियो । रामबाबु भन्छन् ‘फिल्म बनाएर कमाउन सकिन्छ भन्न सक्ने अवस्था नै थिएन हामीले पारिश्रमिकको साटो शेयर लिएर काम गर्ने निर्णय ग¥यौं ।’

अनामनगरमा भर्खरै जस्तो मन्डला थिएटर स्थापना भएको थियो । प्राय फिल्मको गफगाफ त्यहि हुन्थ्यो । शेयर लिएर काम गर्नेमा सहमत भए दयाहाङ राईदेखि पुरुसोत्तम प्रधानसम्म । ‘सिमाला’ भन्ने फिल्मको स्क्रिप्ट लेखनका लागि मुस्ताङ गएका गुरुङलाई मुस्ताङ, त्यहाँको भुगोल र थकाली सभ्यताले भुतुक्कै बनायो । ‘यही परिवेशमा फिल्म बनाउन पाए कति गज्जब हुन्थ्यो होला ।’ त्यहि सोचे । तर, सामान्य लगानी र सोचमा मुस्ताङमा सुटिङ गरेर फिल्म बनाउन सम्भव थिएन ।

केही दिनको मुस्ताङ बसाईपछि काठमाडौ आए । मुस्ताङ र त्यहाँको संस्कृतिले उनको दिमाग घुमाउने क्रम जारी नै थियो । त्यहिविचमा समाजशास्त्री कृष्ण भट्टचनसँग थकाली संस्कृतिवारे कुराकानी पनि गरे ।

उनको दौंतरीहरु उपेन्द्र सुब्बा,दयाहाङ, निश्चल बस्नेत, सौगात मल्ल । जो जो थिए राम्रो विषयमा फिल्म बनाऔं भन्दा नाई भन्दैन थिए । उनिहरुको एउटै माग थियो फिल्म टिपिकल नेपाली परिवेशको हुनुपर्छ । इमान्दारी पूर्वक काम गरौं भन्नेमा सबको एकमत थियो ।

भट्टचनसंगको छलफलपछि रामबाबु फेरि मुस्ताङ गए र केही समय अध्ययन गरे । फिल्मको नाम सातवटा जति थियो । गुरुङ भन्छन् ‘ति नामहरु मध्ये छान्दै जाँदा कबड्डी फाईनल भयो ।’

प्रतिक्रिया