कलाकारका लागि विदेश रहर कि बाध्यता ?

कला, संस्कृति, परम्परा, संस्कार, रीतिरिवाज, भाषा, धर्म, रहनसहन, भेषभूषा, चालचलन, प्राकृतिक सौन्दर्य आदि संरक्षण हुन सके देशको पहिचान गराउने बलियो आधार निर्माण हुन सक्छ । अझै कुनै पनि चिजको कलात्मक प्रस्तुतिले मानिसको मन मस्तिष्कमा छिटो प्रभाव पार्दछ ।

त्यसैले त कलाकारहरूले प्रस्तुत गरेको कलात्मक सौन्दर्यताले बालकदेखि वृद्धसम्मको मनलाई सजिलै छुने, लामोसमयसम्म मस्तिष्कको स्मरण केन्द्रहरूमा छाप पारिरहने हुन्छ । यसैले सर्वत्र कला, कलाकारिता र कलाकारहरूलाई सम्मानको नजरबाट हेरिन्छ ।

कलाको माध्यमबाट नै देशको मूल्यमान्यता, संस्कारलाई जीवन्त राख्न मद्दत पुग्दछ । हस्तकला, मूर्तिकला, रंगमंच, नृत्यक्षेत्र, गायन–संगीत क्षेत्र, फिल्म क्षेत्र, कमेडी क्षेत्र, ड्रामा क्षेत्र, अभिनय क्षेत्र आदी सबै क्षेत्रमा संलग्न व्यक्तीहरू वास्तवमा देशका अमूल्य निधी हुन् ।

यिनीहरूको राम्रो कार्यसम्पादनले आम नागरिकहरूलाई विभिन्न तरिकाबाट मनोरञ्जन दिने, सचेतना पैmलाउने, ऐतिहासिक मूल्य–मान्यता, संस्कृतिलाई प्रवद्र्धन गर्नमा सहयोग गरिरहेका हुन्छन् । अझै संगीत र मनोरञ्जन दिने क्षेत्रमा लाग्नेहरूले छिट्टै जनमानसमा सकारात्मक प्रभाव पार्न, चेतनामूलक संदेश संप्रेषण गर्न, थकित मनहरूलाई ऊर्जा प्रदान गरी मनोरञ्जन दिने र दैनिक जनजीविकाका निर्वाह गर्ने क्रममा देखिने तनावहरूलाई कमि गर्न वा दिमागलाई रिफ्रेस बनाउनसमेत उपयोगी मान्न सकिन्छ ।

हो हामी सबैले भन्दै आएको कला र कलाकारहरूको प्रवद्र्धन र सम्मान गर्नुपर्छ भन्ने कुरामा सबैजसोको सहमति हुनसक्छ तापनि किन आज नेपाली कला क्षेत्रको विकास र विस्तार सोचेजस्तो हुनसकेको छैन, किन कलाक्षेत्रबाट जीवन धान्न नसकी दिनहुँ कलाकारहरू विदेशिन बाध्य भएका छन् । यस विषयमा गहनरूपमा छलफल र समाधानको उपाय निकाली देशभित्रै कलाकारिताको क्षेत्रमा लागेर जीवन धान्न सक्ने, कलाकारिताको विकास गरी विदेशमा समेत कला, संगीत, गायन, फिल्म आदीको प्रचारप्रसार गर्दै नेपाललाई संसार सामु चिनाउन सक्ने उचित वातावरण सिर्जना गर्नु आम नेपाली जनता, सरकार, व्यवसायी, कलाकारको जिम्मेदारिता हो ।

बढ्दो सुविधायुक्त प्रविधिको प्रयोग गर्दै बजारमा उपलब्ध कलाकारका सिर्जनाहरूको गलत माध्यमबाट प्रयोगमा ल्याउनाले उनीहरूले आफ्नो कलाकारिताले भरिएको प्रोडक्टमा गरिएको खर्चलाई पूरा गर्न ती प्रोडक्टको बिक्रीबाट प्राप्त हुन आउने प्रतिफलले धान्नसमेत नसक्ने अर्थात् कतिपय अवस्थामा गरिएको खर्च पनि नउठ्ने कारण प्रायः कलाकारहरू लामोसमय उनीहरूले अँगालेको कलाकारिता पेसामा क्रियाशील रहन नसक्ने स्थिति रहेको पाइन्छ ।

एउटा सामान्य उदाहरण, मानौ एउटा गायकले बढो मिहिनेत गरेर गीत रेकर्डिङ गरेर गीतको एल्बम निकाल्छ । तर, त्यो एल्बम बजारमा त्यति बिक्री हुँदैन जति केही वर्ष पहिला जतिबेला इन्टरनेट र कम्प्युटरको प्रयोग अति न्यून भएको अवस्थामा बिक्री हुन्थ्यो । अहिले त्यस्ता एल्बमहरूलाई तत्कालै भिसिडी र सिडीमा कपी गर्ने, कम्युटरमा, पेनड्राइभमा डाउनलोड गरी इन्टरनेटबाटै आदानप्रदान गर्ने, मोबाइलमा डाउनलोड गर्ने र एकअर्कालाई ट्रान्सफर गर्ने, युट्युबमा राख्ने आदिले गर्दा एल्बमका चक्का, डिभिडी, भिसिडी र सिडीहरू निकै कम मात्रै बिक्री हुने कारण गायकहरूले लगानी गरेको पैसासमेत उठाउन नसक्ने र केबल केही गायकहरूले शोख र नामका लागि मात्रै एल्बम निकाल्ने गरेको देखिन्छ ।

रेडियो, एफएम, टेलिभिजनहरूमा बजेका, देखाइएका गीतहरूको समेत रोयल्टी गायक, संगीतकार, गीतकारले प्राप्त गर्ने व्यवस्थालाई कार्यान्वयन हुन नसक्ने साथै कतिपय एल्बम निकाली दिने कम्पनीहरूले युट्युबमा गीत राख्ने र त्यस गीत हर्नेको आधारमा युट्युबाट प्राप्त हुने रोयल्टीको रकमको हिस्सासमेत गायककलाकारहरूलाई नदिने गरेको गुनासो समेत सुन्दै आएको पाइन्छ ।

प्रायः देशविदेशमा विभिन्न उत्सवहरूमा कलाकारहरूले स्टेज प्रोग्राम, कन्सर्टहरूबाट प्राप्त हुने आम्दानीले उनीहरूको जीवन चलिरहेको कुरा स्वयं कलाकारहरूले विभिन्न अन्तत्र्रिmया, साक्षात्कार कार्यक्रममा बताउँदै आएका छन् । चलचित्रकर्मीहरू, हास्यकलाकारहरूले समेत अभिनय कलामा लागेर जीवन गुजारा चलाउन सक्ने अवस्था छैन । नेपाली चलचित्रहरू, फिल्म हलमा गएर हेर्नेहरूको त्यति भिड देख्न छोडिसकेको छ ।

हिन्दी चलचित्रहरूले नेपाली चलचित्रहरूको मार्केटलाई प्रभाव पारेको छ । अर्कोतर्फ चलचित्रहरू हलमा त्यति नचलेपछि निर्माताहरूले भिसिडीहरूमा चलचित्रहरू राखेर बजारमा चक्काहरू बेचिन्छ । तर, ती चक्काहरू केही मात्रामा मात्र बिक्री हुन्छ र पुनः कम्प्युटर वा कपी मेसिनहरूको प्रयोग गरी डुब्लिकेट कपी बनाएर बिक्री वितरण गर्ने बजारमा विभिन्न पसलले गरिरहेका हुन्छन् र वास्तवमा चलचित्र निर्माण कर्ताहरूलाई त्यसबाट आम्दानी प्राप्त नहुने हुन्छ अर्थात् यो क्षेत्रमा पनि पाइरेसी हुने गरेकोले चलचित्रकर्मी र कलाकारहरूलाई निकै मर्का पर्दै आएको देख्न सकिन्छ ।

यसकिसिमको पाइरेसीले गर्दा र पाउनुपर्ने रोयल्टीसमेत नपाउनाले कलाकारहरूमा एक किसिमको नैराश्यता र कलाकारिता पेसाबाट अन्य पेसामा लाग्ने गरेको, विदेशमा गएर अन्य कामहरू गरेको पाइन्छ । नेपालमा पेटेन्ट राइट, कपिराइटसम्बन्धी नियम कानुनको नियमन राम्रोसँग नहुनाले पनि सांगीतिक क्षेत्र, चलचित्र क्षेत्र, हास्यकला क्षेत्रहरूको विकास र विस्तार दिगोरूपमा हुन सकेको छैन ।

कलाकारको पनि आम मान्छेहरूको जस्तो परिवार हुन्छ, सामाजिक जीवन हुन्छ, विभिन्न दायित्वहरू हन्छन्, भविष्यको सपनाहरू, चिन्ताहरू, सामाजिक प्रतिष्ठा आदिको चाहना हुन्छ । अतः सबै चाहना, इच्छा, आवश्यकता पूरागर्ने क्रममा आपूm क्रियाशील कलाक्षेत्रबाट सोचे जस्तो आम्दानी, प्रतिष्ठा प्राप्त हुन नसक्ने ठानेमा अरू विकल्पहरू खोजी गर्नु स्वाभिक नै हो ।

यसै सन्दर्भमा अधिकांश कलाकाकारहरू अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, नर्वे, स्पेनलगायत मुलुकहरूमा विभिन्न सांगीतिक कार्यक्रममा सहभागिता जनाउन जाने र त्यतै बस्ने गरेको पाइन्छ । यसरी कलाकारहरू विभिन्न बाध्यताको कारण विदेशी भूमिमा आपूmले स्वदेशमा अँगाल्दै आएको कलाकारिता पेसा छोडेर अन्य कामहरू सामन्यतया सुरुआती दिनहरूमा आमनेपालीले विदेशमा काम गर्ने जुन काम हुन्छ त्यही नै गर्दछन् अर्थात् रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर, सपिङ मल, ग्रोसरी स्टोर, फास्टफुड स्टोरहरू, पिज्जा स्टोर आदिमा काम गर्ने गर्दछन् ।

ती मध्ये अत्यन्तै कम व्यक्तीहरू मात्र आपूmले नेपालमा अँगालेको पेसासँग सम्बन्धित कामहरूलाई समेत ती देशहरूमा जानेहरूले निरन्तरता दिने गरेको पनि देखिन्छ तर यसरी सुरुआती दिनहरूमै आपूmले गर्दै आएको पेसालाई नै विदेशी भूमिमा निरन्तरता दिने भन्ने कुरा त्यती सजिलो र सबैको पहुँच विविध कारणहरूले गर्दा हुन नसक्ने भएकोले पृथक पेसा र काममा हात हाल्नुपर्ने, विविध चुनौतिहरू, कठिनाइहरू, व्यवधानहरूलाई पार लगाएर अगाडि बढ्नुपर्ने हुन्छ ।

कलाकारहरू अधिकांशले ‘असाधारण क्षमताको व्यक्ती भन्ने शीर्षकबाट केस फाइल गरेर ग्रिनकार्डहरू बनाएको पाइन्छ । हाल आएर नेपालबाटै पनि त्यस्तो शीर्षकमा ग्रिनकार्ड एप्लाई गरेर समेत अमेरिका, क्यानडालगायत केही युरोपियन देशहरूमा समेत जाने गरेको देखिएको छ । यसरी बिस्तारै कलाक्षेत्रमा लाग्नेहरू आफ्नो पेसालाई छाडेर अन्य काम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा रहेको देखिएको छ । यस किसिमको अवस्थालाई रोक्न र देशभित्रै कला क्षेत्रमा नै लागेर उनीहरूको क्षमता र कलालाई अझै विकास हुन दिन र त्यही पेसा अँगालेर उनीहरूको भविष्य सुनिश्चित हुनसक्ने अवस्था बन्नु जरुरी छ । अन्यथा आउँदा दिनहरूमा अझै धेरै कलाकारहरू विदेशमा पलायन हुने देखिन्छ ।

विदेशमा आइसकेपछि केही कलाकारहरू प्रायः दोहोरी गायकहरू, लोकगायक, संगीतकारहरूले केही नेपाली दोहोरी रेस्टुरेन्ट, क्लबहरूमा गायन कार्यमै लागेर जीविका धानेका छन् । कतिपय व्यवसायी पनि बनेका छन् त कतिपय हातमुख जोर्ने काममै दैनिक आवर वेशमा काम गरिरहेका छन् । यती हुँदाहुँदै पनि उनीहरू बेलाबेलामा आयोजना हुने नेपाली पर्व, उत्सवहरूमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा सहभागी हुने गरेको देखिन्छ ।

वास्तवमा उनीहरूले आफ्नो कलालाई आपैmँभित्र गुम्साएर बाध्यताले अरू काम गर्नुपरेको पनि बेलाबेलामा आयोजना गरिने यस्तो कार्यक्रममा सहभागिता हुँदा व्यक्त गरेका अभिव्यक्ति र अन्य काम गरेर बचाएको पैसाबाट विदेशमै एल्बमहरू निकाल्ने त्यस्तै समयसमयमा नेपाल गएर गीत रेकर्डिङ गरेर एल्बम निकाल्ने गरेको पनि देखिन्छ । यस्तो गर्नुमा पक्कै पनि विदेशमा गएर अन्य काम गर्नु रहर नभएर साँच्चिकै बाध्यता र विवशताले गर्दा नै हो भन्न सकिन्छ ।

नेपाल मै बसेर जेनतेन सांगीतिक क्षेत्र एवं रंगकर्मी वा चलचित्र अभिनयको क्षेत्रमा लाग्नेहरू कतिपय अचानक बिरामी हुँदा, दुर्घटनाबाट घाइते भई काम गर्न नसक्ने अवस्था र वृद्ध अवस्थामा आर्थिक समस्याका कारण निकै दयनीय अवस्थामा दिनहरू गुजारेको समेत देखिएको छ ।

तसर्थ विदेशमा आएर काम गर्ने गायक÷गायिका, नायक÷नायिका, कमेडियन, अन्य कलाक्षेत्रसँग सम्बन्धित व्यक्तीहरूलाई विदेशमा पलायन भएका, देशको माया मारेर हिाड्नेहरू भनी गाली गर्नु त्यति सान्दर्भिक मान्न सकिँदैन । देशभित्रै अनुकूल परिस्थिति भएमा कलाकार मात्रै होइन कसैलाई पनि विदेशमा गएर कामगर्ने, स्थायी बसोबास गर्ने रहर हुँदैन । जन्मभूमिजस्तो प्यारो र आफ्नो आमाजस्तो प्यारो अरू चिज हुनै सक्दैन ।

प्रतिक्रिया