लघुकथाः अतिकाल

tank aale magar copyढिकको कुइनेटोमा ठोकिँदै छ कोसी । विपद आउन सक्दछ । बाँध व्यवस्था गठन हुन्छ । चारोटा ठूलो गाउँको अगुवाइमा गाउँ बचाउ समिति गठन हुन्छ । बुँदागत

सहमति यस्तो भयो ः

(क) गाउँ सुरक्षा बाँध निर्माण गर्न अघि बहुसंस्कृति झल्कने कोसी आमाको मूर्ति बनाइ पूजा अर्चना गर्ने ।
(ख) पूजा समापनपश्चात आआफ्नो क्षेत्रीय र जातीय सांस्कृतिक कार्यक्रम गरी रमाइलो गर्ने ।
(ग) प्रत्येक घरधुरीले श्रम र अर्थदान गर्नुपर्ने ।
(घ) अति आधुनिक ढंगले बाँध निर्माण गर्ने र
(ङ) बाँध निर्माण समापनको दिन पाश्चात्य र आधुनिक गीतमा बहु पारम्परिक लोकगीतलाई समिश्रण गराई सांस्कृतिक कार्यक्रम गर्ने ।

सहमति भएको भोलिपल्टै सबै घरका मूली भेला भए कोसी आमाको पूजा गर्न ।

त्यहाँ माटोको रंगमा विवाद आए पनि सबै गाउँलेद्वारा ल्याइएको माटोलाई एकै ठाउँमा मिसाएर मूर्ति बनाउने सहमति हुन्छ । माटो मुछियो । मूर्ति बनाउन थाले । तर मूर्तिको नाकको आकारको बारेमा विवाद प¥यो । कसैले भने, ‘नाकको टोप्रो फुकेको र नेप्टो हुनुपर्छ । कसैले भने, ‘होइन नाक चुच्चो हुनुपर्छ । आँखामा पनि त्यस्तै विवाद भो, चिम्सो मुन्द्री प¥या । वर्णको कुरा उठ्यो, कोसी आमा हाम्रै गाउँ छोएर बगेकी छन् । त्यसैले आमा हाम्रै रुपरंगको हुनुपर्छ । आदि÷इत्यादि ।

नाक र कानलाई थाती राखेर टाउकोको आकार दिए । मूर्तिको हात बनाउने क्रिया पनि रोकियो, सर्लक्क, बुदुनो, चिल्ले एवं भुत्लेको कुरो उठेर । अब मूर्तिको उचाइमाथि गानगुन कुरा चल्न थाल्यो, दोक्चे, पुड्के या अग्ले सिकुटे बनाउने भन्दै ।

बुद्धिजीवी वर्गले भने, ‘(क) र (ख) बुँदालाई थाती राखेर अन्य बुँदालाई कार्यान्वयन गरौँ ।’ विवश मान्ने पक्षमा कोही भएनन्, वाकयुद्ध हुन थाल्यो, एक अर्कालाई दोषारोपण गर्दै । मन भित्रैबाट वितृष्णा उठ्यो । समूहगत रूपमा डेढो आँखाले हेर्न चाहँदैनन्, एक अर्कालाई ।

उनीहरू ‘मै’ हुँ भन्ने संस्कारले ग्रस्त हुँदा चेतना शक्ति नै हराए । थाहै भएन, उनीहरू उभिएको ढिकलाई कोसीले भित्रभित्रै छिनाइसकेको । परिणाम ढिकसँगै मान्छेहरू खसे कोसीमा । हेर्दा हेर्दै ‘नाक’, ‘आँखा’, ‘रंग’, ‘उचाइ’, ‘हात’ इत्यादीको कारण सभ्यता र असभ्यताको अन्त भयो ।

गाईघाट–२, उदयपुर, हाल ः विहार (भारत)
[email protected]

प्रतिक्रिया