नेपाल–बंगलादेशबीच सैद्धान्तिक सहमति

;"rgf tyf ;Grf/dGqL z]/wg /fOåf/f aªunfb]zsf ;"rgf tyf ;~rf/dGqL x;g'n xs Og'nfO{ z'qmaf/ e]6 ug'{x'Fb} . ;fydf g]kfnsf nflu aªunfb]zsf /fhb"t df:kmL laG6] zfD; . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, २१ फागुन । नेपाल र बंगलादेशका सरकारी सञ्चारमाध्यमबीच समाचार आदानप्रदान एवं पारस्परिक सहकार्यको सैद्धान्तिक सहमति भएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राई र उनका बंगलादेशी समकक्षी हसनुल हक इनुबीच शुक्रबार भएको भेटवार्तामा दुबै देशका सरकारी सञ्चारमाध्यमबीच त्यस्तो सहमति भएको हो ।

भेटवार्तामा राष्ट्रिय समाचार समिति (रासस) र बंगलादेश संवाद संस्था (बासस), रेडियो नेपाल र बंगलादेश बेतार तथा नेपाल टेलिभिजन र बंगलादेश टेलिभिजन (बिटिभी) बीच सूचना र समाचारको आदान–प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा निकट भविष्यमा हस्ताक्षर गर्न दुबै मुलुकका सञ्चारमन्त्रीले सैद्धान्तिक सहमति जनाएका छन् ।

पहिलो चरणमा र बाससबीच सहकार्य गर्न दुबै मुलुकका सञ्चारमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिने र समझदारीपत्रको मस्यौदा दुबै देशका राजदूतावासमार्फत दुबै राष्ट्रका सरकारले अन्तिम रूप दिन हस्ताक्षर गर्ने सहमति मन्त्रीद्वयले गरे ।

त्यसैगरी, दोस्रो चरणमा दुबै देशका सरकारी रेडियो र टेलिभिजनबीच सहकार्यको सहमति हुनेछ । तीनवटै सञ्चारमाध्यमबीचको सहकार्यको प्रक्रियागत काम तत्काल प्रारम्भ गर्न उनीहरूले सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता पनि बैठकमा व्यक्त गरे ।

निकट भविष्यमा सञ्चालन हुने आमसञ्चार प्रशिक्षण प्रतिष्ठानलाई व्यावसायिक एवं सुदृढ बनाउन बंगलादेशको पत्रकारिता प्रशिक्षण प्रतिष्ठान तथा पत्रकारिता र आमसञ्चार अध्यापन गराउने विश्वविद्यालयसँग मिलेर काम गर्न नेपाल सरकार इच्छुक रहेको मन्त्री राईले बताए ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि दुबै देशका राष्ट्रिय सूचना आयोगबीचको सहकार्यबारे आफूलाई जानकारी भएको र द्विपक्षीय समझदारी गर्न नेपाल तयार रहेको पनि मन्त्री राईले जानकारी दिएका छन् । नेपाल र बंगलादेशबीच राजनीतिक, आर्थिक एवं सामाजिक स्तरको सम्बन्धलाई सबल तुल्याउन समाचारको आदानप्रदान महत्वपूर्ण हुने विचार पनि मन्त्री राईले व्यक्त गरे ।

नेपालका श्रमजीवी पत्रकारलाई व्यावसायीक उत्तरदायित्वबाट मर्यादित बनाउने उद्देश्यले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना हुन लागेको जानकारी दिँदै मन्त्री राईले बंगलादेशले त्यस क्षेत्रमा हासिल गरेका उपलब्धि नेपालका निम्ति उपयोगी हुने बताए ।

उनले भने, ‘नेपाल प्राकृतिक सौन्दर्य र जातीय विविधताले भरिपूर्ण छ । चलचित्रको छायांकनका निम्ति केन्द्रबिन्दु बन्न सक्छ । त्यसनिम्ति पनि मिलेर काम गर्न सकिन्छ ।’

संविधानसभाबाट संविधान जारी भइसकेपछि नेपालको पहिलो कार्यसूची आर्थिक उन्नति भएको उनले बताए । उनले सामाजिक विकास, समानता र न्याय सुनिश्चित गर्दै राष्ट्र निर्माणमा वर्तमान सरकार दत्तचित्त रहेको पनि जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न भारतको राजकीय भ्रमण र त्यसक्रममा भएका सम्झौताले बंगलादेश र नेपालबीचको पारवहन मार्ग सञ्चालनलाई मूर्त रूप दिएकाले द्वि–देशीय व्यापार विस्तार र लगानीका ढोका खुलेको उनले बताए । मन्त्री इनुले बर्सेनि २७ हजारभन्दा बढी बंगलादेशी पर्यटक नेपाल आउने गरेका र २ हजारभन्दा बढी नेपाली विद्यार्थी चिकित्साशास्त्र अध्ययन गर्न बंगलादेश जाने गरेका जानकारी दिँदै २ देशबीचको जनस्तरको सम्बन्ध अझ सुदृढ तुल्याउन बंगलादेश सरकार इच्छुक रहेको बताए ।

उनले प्रेस इन्स्टिच्युट अफ बंगलादेशले पत्रकारितासम्बन्धी विविध तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै नेपालका श्रमजीवी पत्रकारहरूलाई तालिमका निम्ति स्वागत गर्न बंगलादेश तयार रहेको बताए ।

उनले भने, ‘हाम्रो मुलुकका निजी र सरकारी गरी १९ वटा विश्वविद्यालयले आमसञ्चार तथा पत्रकारिता अध्यापन गराउँदै आएका छन् । नेपालका पत्रकारहरूलाई अल्पकालीन तालिमका निम्ति हामी सहभागी हुन आह्वान गर्दछौँ ।’

उनले मन्त्री राईलाई बंगलादेश भ्रमणका निम्ति आमन्त्रण गरे । मन्त्री इनुको निमन्त्रणालाई स्वीकार गर्दै मन्त्री राईले उपयुक्त समयमा बंगलादेशको भ्रमण गर्ने जानकारी दिए । साथै, उनले भ्रमणको निम्ताका लागि मन्त्री इनुप्रति कृतज्ञता पनि व्यक्त गरे ।

भेटका अवसरमा नेपालका लागि बंगलादेशका राजदूत मास्फी बेन्टे शाम्स र यहाँस्थित बंगलादेशी राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया