गीतकार इशाको ‘वैशाखे त्रिशाली’ बजारमा

trisali mela copyकाठमाडौं, १७ फागुन । पूर्वको चर्चित त्रिशाली मेलाको गीत लिएर गीतकार इशा लावती बजारमा आएकी छन् । पाँचथर लिम्बूवानको ऐतिहास ठाउँ यासोकमा ३ वर्षको अन्तरमा वैशाखमा लाग्ने यो मेलाको विषयलाई लिएर उनले गीतको रचना गरेकी छन् । हरेक ३ वर्षमा एकपटक लाग्ने भएकाले यो मेलालाई त्रिशाली भनिएको हो । यही चर्चित मेलाबारे गीतकार इशा लावतीले गीत लेखेकी हुन्, ‘वैशाखे त्रिशाली’ ।

इजरायलमा बस्दै आएकी गीतकार लावतीको शब्दरचनामा गायक राजु आङ्देम्बेले आफ्नो सुरिलो स्वर दिएका छन्, जो हङकङमा बस्दै आएका छन् । इजराजलमा रहेकी गीतकार लावती र हङकङमा रहेका गायक आङ्देम्बेको यो प्रयासलाई म्युजिक भिडियोमा ल्याएको छ । लोकेन साँवाले निर्देशन गरेको ‘वैशाखे त्रिशाली’ गीतको म्युजिक भिडियोमा पत्रकार मिलन लिम्बू र सिर्जना निङ्लेखु सुब्बाले मोडलिङ गरेका छन् ।

गीतको भावअनुसार म्युजिक भिडियोको छायांकन पनि यासोकस्थित कुम्मायक–कुसायकमा गरिएको छ । गीतमा लिम्बू कला, संस्कृति र भेषभूषालाई पनि प्रवद्र्धन गरिएको छ । दिनेश माङमुको कोरियोग्राफी, निशान घिमिरेको सम्पादन र अर्जुन तिवारीको छायांकन रहेका यस गीतको म्युजिक भिडियोलाई पहिलोपटक स्क्रिन नेपालमार्फत रिलिज गरिएको हो ।

प्रतिक्रिया