प्रतिष्ठाको प्रतिस्पर्धा ओस्कारमा

Oscer-Award-2016-4 copyलस एञ्जलस, १७ फागुन । फिल्मी दुनियाँको गरिमामय पुरस्कार समारोह मानिन्छ, ओस्कार । तर, ओस्कार जति चर्चित छ, त्योभन्दा बढी सेलिब्रेटीबीच प्रतिष्ठितको लडाइँ चर्को छ ।

एक किसिमले हलिउडकर्मीको प्रतिष्ठाको रूपमा लिइने एकेडेमी अवार्ड ओस्कर समारोहमा फिल्मीकर्मी मात्र नभएर संसारमा धनाढ्य तथा व्यापारीहरू पनि सहभागी हुने गर्छन, जहाँ फिल्म निर्माताहरू त हुने नै भए । त्यसैले पनि यस समारोहमा अभिनेत्रीबीच प्रतिष्ठाको चर्को लडाइँ हुन्छ ।

विशेषगरी उनीहरू आफूले लगाउने पहिरन तथा गर–गहनामा स्पर्धा गर्छन् । यस्तै, यसपटक पनि यस्तै देखियो । ८८औँ ओस्कार समारोहका लागि लस एञ्जलसस्थित डोल्बी थिएटरमा बिछ्याइएको रेड कार्पेटमा उपस्थित हलिउड सेलिब्रेटीबीच स्पर्धा चल्यो । यसपटक हलिउड गायिका तथा अभिनेत्री लेडी गागा त चर्चामा आइन् नै, बलिउड अभिनेत्री प्रियंका चोपडालेसमेत आपूmतर्फ ध्यानाकृष्ट गर्न सफल भइन् । ओस्कारको रेड कार्पेटमा यी २ स्टारले लाएका गहनाले सबैको ध्यान तानेको थियो । उनीहरूले लगाएको गहना यति बहुमूल्य थियो, त्यसलाई किन्ने पैसाले एउटा सानो गाउँ किन्न सकिन्थ्यो । प्रायः क्लासिक ग्ल्यामर अवतारमा देखिने २९ वर्षीया गायिका गागाले यस समारोहमा मार्लिन मुनरो स्टाइलमा देखिएकी थिइन् । तर, उनको पहिरनभन्दा पनि पनि उनले लगाएको गहनाको चर्चा बढी चल्यो । उनले कानमा करिब ८ मिलियन डलर (लगभग नेपाली ८८ करोड रुपैयाँ बराबरको गहना लगाएकी थिइन् । ९० क्यारेटको हिरा पहिरिएर उनी रेड कार्पेटमा देखिएकी थिइन् । उनले आफ्नो हुनेवाला पतिले दिएको मुटु आकारको औंठी पनि लगाएकी थिइन् ।

त्यस्तै, पूर्वमिस वल्र्ड तथा बलिउड अभिनेत्री ३३ वर्षीया प्रियंका चोपडाले पनि ‘लोरेन स्वार्ज’कै हिराको गहना लगाएकी थिइन् । उनको ५० क्यारेटको हिराको कानको झुम्का लगाएकी थिइन्, जुन ३ दशमलव २ मिलियन डलर पर्छ । साथै, उनले १० क्यारेटको हिराको औंठीको ८ लाख ५० हजार डलरको र ८ क्यारेटको अर्को औंठीको ३ लाख अमेरिकी डलरको रहेको थियो । उनको अर्को २२ क्यारेटको एक औंठी ३ दशमलव ४ मिलियन डलरको पर्ने लगाएकी थिइन् ।

प्रतिक्रिया