‘एलो फिभर’ बाट एंगोलामा १ सय २५ को मृत्यु

एंगोला, १५ फागुन । दक्षिण–पश्चिमी अफ्रिकाको एंगोलामा गएको डिसेम्बर ३० यता ‘एलो फिभर’ बाट (लामखुट्टेको टोकाइबाट सर्ने ज्वरो) का कारण मृत्यु हुनेको संख्या १ सय २५ पुगेको यहाँको शुक्रबार सार्वजनिक एक सरकारी तथ्यांकमा जनाइएको छ ।

एंगोलामा ‘एलो फिभर’ ले महामारीको रूप लिएपछि सरकार तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा रोगलाई नियन्त्रण गर्ने प्रयास सन् २०१५ देखि नै जारी राखिए पनि यसबाट मृत्यु हुनेको संख्या अभैm पनि ठूलो देखिएको छ ।

एंगोलाका स्वास्थ्य मन्त्रालयका अनुसार एलो फिभरका कारण राजधानी लुबान्डामा मात्र ९२ जनाको मृत्यु भएको छ । अफ्रिकी तथा दक्षिण अमेरिकी एमाजन क्षेत्रमा देखिएको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले जटिल रूप लिएपछिको उपचार अहिलेसम्म नभएको यस रोगका कारण मस्तिष्कघात भई मानिसको मृत्यु हुने एंगोलाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस महिनाको सुरुआतसँगै एंगोलाका स्वास्थ्य अधिकारीले रोग नियन्त्रण प्रयासस्वरूप प्रभावित क्षेत्रका मानिसहरूलाई सामूहिक खोपसेवा प्रदान गरिएको थियो । सरकारले प्रभावित क्षेत्रका मानिसलाई पानीलाई उमालेर वा औषधिको प्रयोग गरी पिउन सुरक्षित पारेर मात्र प्रयोग गर्न अनुरोध गरेको छ । सरकारले रोगका कारण अस्पतालमा पुगेका शंकास्पद ६ सय ६४ नमुनामध्ये १ सय २५ जना ‘एलो फिभर’ का कारण मृत्यु भएको जनाएको छ ।

यहाँको प्रशासनले एंगोला आउने पर्यटक तथा अन्य आगन्तुहरूलाई खोपको प्रयोग गर्न अनुरोध गरेको छ । सन् १९८६ पछि एंगोलामा (एलो फिभर’ को महामारी नभए पनि छिटफुट बिरामीहरू यसबाट प्रभावित भएको जनाएको छ ।

प्रतिक्रिया