अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला २३ फागुनमा

1 copyनुवाकोट, १३ फागुन । नुवाकोटमा आठौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला हुने भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार ः नेपाली लोकसंस्कृतिको आधार’ भन्ने नाराका साथ मेला हुन लागेको हो ।

नुवाकोट क्षेत्रका लोकसंस्कृति र नृत्य प्रदर्शन गर्ने उद्देश्यले आगामी २३ फागुनमा नुवाकोट बट्टार क्याम्पस मैदानमा मेलाको आयोजना गरिनेछ । एभरेस्ट नेपाल कल्चरल ग्रुप काठमाडौं र नाट्येश्वर कला केन्द्र नुवाकोटको आयोजनामा मेलाको आयोजना हुनेछ । नेपाल आपैmँमा लोकसंस्कृतिको धनी देश भएकाले अन्य देशको लोकसंस्कृतिका बारेमा जिल्लावासीलाई जानकारी दिनका लागि मेलाको आयोजना गर्न लागिएको कला केन्द्रका निर्देशक किरण अधिकारीले बताए ।

‘जिल्लास्तरका कलाकारदेखि अन्तर्राष्ट्रिय कलाकारको कला एकसाथ देख्न पाइनेछ, यसले हाम्रो लोकसंस्कृतिलाई अन्तर्राष्ट्रियकरण गराउन मद्दत पुग्छ’, अधिकारीले भने । ‘अरूको लोकसंस्कृतिले पनि हामीलाई प्रेरणा दिन सक्छ, आफ्नो लोकसंस्कृतिप्रति मोह बढाउनसमेत भूमिका खेल्छ ।’

आयोजकका अनुसार नेपालसहित ७ देशका २ सय ५० भन्दा बढी कलाकार मेलामा सहभागी हुनेछन् । एकदिने मेलामा बंगलादेश, श्रीलंका, मेक्सिको, भारतका पन्जाब र गुजरात, इन्डोनेसिया, इस्टोनिया र नेपालका कलाकारले आआफ्नो लोकसंस्कृति कला प्रदर्शन गर्नेछन् ।

प्रतिक्रिया