नरेशको जन्मदिनमा ‘हाइट’

22 copyकाठमाडौ, १३ फागुन । आफ्नो जन्मदिनको अवसर पारेर सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराइको ‘हाइट’ बजारमा आएको छ । आफ्ना नयाँ तथा पुराना गीतहरूलाई संकलन गरेर नरेशले हाइटलाई बजारमा ल्याएका हुन् ।

गायक रामकृष्ण ढकाल, हास्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल, जीतु नेपाल, कुञ्जना घिमिरे, पत्रकार भरत शाक्यलगायतले एल्बमको संयुक्त विमोचन गरेका छन् । आफ्नो शब्दमा तयार भएका आधुनिक तथा चलचित्रका चर्चित गीतहरूलाई समावेश गरेर नरेशले यो एल्बम सार्वजनिक गरेका बताए । जन्मदिनको अवसरमा उनले केक काटेर सेलिब्रेसन पनि गरेका थिए ।

एल्बममा १३ वटा आधुनिक र १३ वटै चलचित्रका गीत समावेश गरिएको छ ।

१३ फागुनमा जन्मिएकाले पनि नरेशले १३ वटा गीत समावेश गरेको हुनसक्ने कलाकारहरूले बताएका छन् । यस एल्बममा युवा पुस्ताका चर्चित १३ गायकका स्वर यो एल्बममा सुन्न पाइन्छ । भट्टराईले आफ्नो जन्म दिन पारेर सार्वजनिक गरेका यी गीतहरूलाई आधुनिक गीततर्फ ‘कलेक्टेड’ भनेका छन् भने चलचित्रतर्फ ‘सेलेक्टेड’ उल्लेख गरेका छन् ।

प्रतिक्रिया