जेलबाट छुटे सञ्जयदत्त

5 copyमुम्बई । बलिउड चर्चित अभिनेता सञ्जय दत्त महाराष्ट्रको यरवडा जेलबाट बिहीबार रिहा भएका छन् । उनलाई सन् १९९३ मा मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोटमा अवैध हतियार राखेको अभियोगमा उनलाई ५ वर्षको कैद सजाय भएको थियो ।

जेलबाट छुट्ने सुन्ने बित्तिकै मुम्बईमा सञ्जयको स्वागतका लागि उनको घरलाई बेहुली भैmँ सिंगारिएको थियो । श्रीमती मान्यता दत्त, निर्देशक राजकुमार हिरानीलगायत सञ्जयका केही मित्र उनलाई लिनका लागि जेलसम्मै पुगेका थिए । उनलाई लिन पुगेकी मान्यताले धेरै बेरसम्म जेल बाहिरै बस्नुप¥यो ।

जेलबाट बाहिर आए लगत्तै सञ्जयले मिडियासँग कुरा गर्न खोजेका थिए तर प्रहरीले दिएन । जेलबाट बाहिर आए लगत्तै सञ्जयले जमिनलाई ढोगी जेलतिर फर्किएर झन्डालाई सलाम गरेपछि भने, ‘ धर्ती मेरी आमा हुन्, म यस धर्तीलाई माया गर्छु । म भारतीय भएकोमा गर्व गर्छु त्यसैले मैले आफ्नो सजाय काटेँ ।’

जेलबाट निस्कँदै गर्दा उनको हातमा एउटा ब्याग र केही फाइल थियो । मुम्बई पुगेलगत्तै सिद्धिविनायक मन्दिर पुगेर आफ्नी आमा नरगिसलाई श्रद्धान्जली दिएका थिए ।

उनको रिहाई हुने थाहा भएपछि केही व्यक्तिले यरवडा जेल बाहिर उनको विरोधसमेत गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया