ऋचा अभिनित ‘को आफ्नो’ले लिएन बजार

2 copyकाठमाडौं, १२ फागुन । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘को आफ्नो’ले भनेजस्तो व्यापार गर्न नसकेको छ । यो चलचित्रले नायिका ऋचा शर्मालाईसमेत उत्साह थप्न सकेन ।

यो चलचित्रले बक्स अफिसमा निकै कमजोर व्यापार ग¥यो । कतिपय हलबाट त यो चलचित्र शुक्रबार नै उत्रिएको थियो । दोस्रो सातामा पनि ‘क्लासिक र प्रेमगीत’ले राम्रो कमाइ गरिरहँदा फ्रेस चलचित्र पूर्ण असफल बन्यो । जसले नायिका ऋचाको करिअरलाई पनि धक्का दिने संभावना देखिएको छ । यो चलचित्रमा नायिका शर्माले आफ्नो भूमिका मात्र होइन, गेटअप पनि परिवर्तन गरेकी थिइन् । ऋचाले यसअघि पनि चलचित्र ‘टलक जंग भर्सेस टुल्के’मा गरेको अभिनयबाट प्रशंसा मात्र होइन अवार्ड पनि जितिन् ।

अब, यो चलचित्र असफल भएपछि ऋचालाई बक्स अफिसमा त धक्का लागेको छ नै, अवार्डमा भने के हुन्छ नयाँवर्ष लागेपछि थाहा हुनेछ । अनील थापा निर्देशित यो चलचित्रलाई समीक्षकदेखि दर्शकले पनि कमजोर भनेका थिए । अस्पष्ट कथावस्तु र निकै सुस्त गतीमा अगाडि बढेका कारण चलचित्रले बक्स अफिसमा खास व्यापार गरेन ।

प्रतिक्रिया