दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान

tara_airकाठमाडौं, १२ फाल्गुन । मुस्ताङको जोमसोमका लागि बुधबार विहान उडेको र त्यसको १५ मिनेटपछि नै सम्पर्कविहीन भएको तारा एयरको ९एन–एएचएच जहाज म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले पनि विमान सोही स्थलमा आगो लागेको अवस्थामा भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको बताए ।
स्थानीय नवीन खड्का र प्रहरी जवान फुलकुमार थापा घटनास्थलमा पुगेका छन् । बाँकी प्रहरी टोली त्यसतर्फ लागेको छ ।
पर्यटन मन्त्री आनन्द पोखरलले भीम दलका गणपति अर्जुन बस्नेतलाई उद्धृत गर्दै बताएअनुसार जहाजमा रहेका २३ जनाकै मृत्यु भएको छ । मन्त्री पोखरेलले भने, ‘जहाज पनि जलेको छ भने शवहरु पनि यत्रतत्र छरिएका अवस्थामा छन् ।’
दुर्घटनास्थल बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने रुप्से झरनाबाट ४–५ घण्टा उकालो लागेपछि मात्रै पुग्न सकिन्छ ।

प्रतिक्रिया