एपिएफ सेमिफाइनलमा

विराटनगर, १० फागुन । विभागीय त्रिभुवन आर्मी क्लबको चुनौति पन्छाउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालाको खेल मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

एपिएफलाई जिताउन कप्तान गणेश लावतीले अतिरिक्त समयको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । उनले श्याम नेपालीको क्रसलाई हेड गोल गरेका थिए । नेपाली ८२औँ मिनेटमा टोप विष्टको स्थानमा मैदान छिरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको मौकाहरू सिर्जना गरे पनि गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । पेनाल्टीतिर धकेलिन लागेको अतिरिक्त समयको अन्तिमतिर लावतीले गोल गर्दै टिमलाई सेमिफाइनलमा पु¥याए ।

आर्मी यसअघि यसअघि मनाङ–मस्र्याङ्दी क्लबसँग आहारारा गोल्डकप र हेटौँडा आमन्त्रण गोल्डकपको फाइनलमा पराजित भएको थियो ।
विराट गोल्डकपमा पनि क्वाटरफाइनलबाटै बाहिरिनुपरेको हो । प्रतियोगिताअन्र्तगत मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेल लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।

प्रतिक्रिया