आयो ‘भाग् सानी भाग्’को शीर्ष गीत

bhag sani bhagकाठमाडौं, १० फागुन । निर्देशक नवल नेपालको फरक शैलीको निर्देशनमा तयारी भइरहेको चलचित्र ‘भाग सानी भाग्’को शीर्षगीतको भिडियो सार्वजनिक गरिएको छ ।

विशेषगरी चलचित्रमा नारी संवेदना र भावनाको कथा खोज्ने निर्देशकका रूपमा चिनिएका नेपालको यो कमेडी शैलीको चलचित्र हो ।

नेपालले यसअघि बनाएका ‘श्रीमान’, ‘महसुस’, ‘लज्जा’ चलचित्र भने नारी संवेदनासँग जोडिएका थिए । यसपटक उनले आफ्नो शैलीलाई थोरै परिवर्तन गरेको बताएका छन् ।

५ चैतबाट चल्ने यो चलचित्रमा केकी अधिकारी र सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । चेतन सापकोटा यो चलचित्रको संगीतकार तथा कार्यकारी निर्माता हुन् ।

शीर्ष गीतमा दीपक लिम्बु र स्मिता दाहालको स्वर छ । गीतलाई प्रमोद ढुंगानाले लेखेका हुन् ।

प्रतिक्रिया