पवित्राको ‘पिरतीको परिभाषा’

piratiko parivasaकाठमाडौं, ९ फागुन । गीतकार तथा साहित्यकार पवित्रा राईले आफ्नो दोस्रो गीति एल्बम ‘पिरतीको परिभाषा’ बजारमा ल्याएकी छन् । कलाकार समन्वय संघ नेपालद्वारा रातोपुलस्थित रक हाउस क्याफेमा आयोजित एक औपचारिक समारोहमार्फत उनको गीति एल्बम बजारमा ल्याइएको हो ।

कार्यक्रमका प्रमुखअतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट उक्त एल्बम विमोचन गरिएको थियो । एल्बममा तेजेन्द्र विवशको लय, विनोद बाजुरालीको संगीतमा संयोजन, राजेन्द्र कँडेल र देवी घर्तीमगरको आवाज रहेको छ । उक्त एल्बम सुपारी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

कपिल लामाको निर्देशन तथा सुरज श्रेष्ठको छायांकन रहेको उक्त गीतको भिडियोसमेत गीतिएल्बममा विनोद अधिकारी र सारिका केसीको अभिनय रहेको छ । कार्यक्रममा विभिन्न विधाका गीत र संगीतकर्मी, स्रष्टा–सर्जक, कलाकार, समाजसेवी, विद्यार्थी, बुद्धिजीवीहरूको उपस्थिति रहेको कार्यक्रम समन्वय संघमा अध्यक्ष अर्जुन दुङ्मेन राईको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया