म्याकुलमको कीर्तिमान

mechlumफागुन । न्युजिल्यान्डका ब्रेन्डम म्याकुलम टेस्ट क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बनेका छन् । न्युजिल्यान्डका कप्तान म्याकुलमले अस्ट्रेलियासँगको टेयट क्रिकेटका क्रममा ५४ बलमा एक सय रन बनाएर टेस्ट क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

क्रिस्टचर्चमा भइरहेको दोस्रो टेस्ट क्रिकेटको खेलको क्रममा उनले शतक पूरा गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि टेस्ट क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान पाकिस्तानका मिसबाह उल हक र अस्ट्रेलियाका एडम गिलक्रिस्टकोे नाममा थियो । उल हकले अस्ट्रेलिया तथा गिलक्रिस्टले इंग्ल्यान्डसँगको खेलमा ५६ बलमा शतक पूरा गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया