अब गुट होइन पार्टी चलाउनु पर्छ

pradip-gyawali-uml-leader copyप्रदीप ज्ञवाली एमालेका सचिव मात्र होइनन् सो पार्टी भित्रका एक स्पष्ट, वैचारिक तथा तार्किक वक्ताका रूपमा चिनिन्छन् । उनै ज्ञवालीसँग समसामयिक राजनीति र मुलुकले भोगिरहेका समस्या बारे सौर्यकर्मी चमिना भट्टराईले गरेको कुराकानी–

वर्तमान राष्ट्रिय राजनीतिलाई कसरी हेर्नुभएको छ ?

यतिबेला मुलुक सम्भावना र चुनौतिको दोसाँधमा उभिएको छ । संविधान निर्माणपछि मुलुक नयाँ युगमा प्रवेश गरेको छ । राष्ट्रियता, स्वाधिनता, र समृद्धिृतर्पm देश अगाडि बढेको अवस्था छ । संविधान निर्माणसँगै मुलुकले सम्भावनाका ढोकाहरू प्रशस्त खोलेको छ । मुलुक अगाडि बढ्दै गर्दा मुलुकको अग्रगति हेर्न नचाहनेहरू संविधान निर्माणसँगै सलबलाए । सोही बेला अनेक प्रकारका शक्तिहरू देखा परे । नेपालको स्वाधिनता र अग्रगति मनपराउनेहरू अहिले पनि धेरै छन् । अनेक बहानामा देशको प्रगतिको अवरोध गर्नेहरू मधेस आन्दोलन र नाकाबन्दीको बहानामा अग्रगतिलाई रोख्न देखा परे । जो सबै प्रकारको प्रगतिका बाधक पनि हुन् । त्यहीबीचमा अनेक समस्या र अवरोधको बीचबाट मुलुकले प्रगतिको फड्को मार्दै छ । अब मुलुक अगाडि बढ्ने कुरामा शंका छैन । कसैले कुनै स्वार्थ र बहानामा मुलुकको गतिशीलतालाई रोक्न सक्ने अवस्था अब छैन ।

प्रधानमन्त्रीले राष्ट्रिय सरकारको कुरा गर्दै हुनुहुन्छ सरकार परिवर्तन हुने हो ?

अहिले सरकार परिवर्तन हुँदैन अझ केही समय यो सरकारले काम गर्नुपर्छ । राष्ट्रिय सरकारको कुरा आउनुको कारण संविधान निर्माणका मुख्य शक्तिहरू सरकारमा सामेल भएर संविधान कार्यन्वयन गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा हो । उहाँसँगै, यो एमाले पार्टीको पनि धारणा हो । १६ बुँदे सहमतिको आधार पनि त्यही जगबाट भएको हो । राजनीतिको मूल्य, मान्यता, विश्वास र सहमति तोडेर कांग्रेस प्रतिपक्षमा बस्यो । हिजो सहमति र सहकार्य गरेर बढेको राजनीतिक वातावरणलाई तोडेर सत्तापक्ष र प्रतिपक्ष बनाउने काम कांग्रेसले ग¥यो । तर, फेरि पनि एमाले ती तिक्तता हटाएर एकताको आधारमा अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छ । एमालेको धारणा भनेको जसरी हिजो संविधान जारी गर्ने बेला मुख्य पार्टी एकठाउँमा उभिएका थिए, त्यसैगरी यसको कार्यान्वयनमा पनि मुख्य शक्तिहरू एकै ठाउँमा उभिनुपर्छ भन्ने हो । त्यसैले प्रधानमन्त्रीले राष्ट्रिय सरकारको कुरा गर्नु भएको हो यो फेरि पनि आवश्यक छ ।

सरकारको कामप्रति सन्तुष्ट हुनुहुन्छ ?

देशमा भर्खर नाकाबन्दी भएको बेला चुनौति नै चुानौतिको बीचमा एमाले सरकारमा गएको थियो । सरकार गठन भएको सामान्यतः सय दिनलाई हनिमुन अवधि भनिन्छ । त्यो समय प्रतिपक्ष पनि कामको मूल्यांकन गरेर बसेका हुन्छन् । तर, यो सरकारले सय घन्टा पनि सहज रूपमा बिताउन पाएन । देशभित्र र बाहिरबाट घेरिएको अवस्थामा सरकारले ५ महिना बितायो । राष्ट्रिय संकटको सामना सरकारले गर्नु प¥यो । देशभित्रबाट पनि कुन अवस्थामा सरकार गठन भयो भनेर कसैले हेरेन । तैपनि सरकारले आफ्नो कार्यकालमा नाकाबन्दी अन्त्य गरेको छ यही बेला लामो मधेस आन्दोलन टुंगिएको छ । यो सरकारले गरेका राम्रो कामको रूपमा लिनुपर्छ । आफू अत्यन्तै प्रतिकूलतामा रहँदा पनि कहीँ कतै नझुकी राष्ट्रियताको पक्षमा अडिग रहनु र जनतालाई सुुशासन दिन प्रतिवद्ध रहनु सरकारको सकारात्मक पक्ष हो भन्ने मैले बुझेको छु ।

नाकाबन्दीको समयमा यो सरकारको धेरै आलोचना भयो । प्रभावकारी काम गर्न सकेन भन्ने गुनासो चारैतिरबाट आए नि ?

देश अफ्ठेरो अवस्थामा भएको बेला सरकाले सोचेजस्तो काम गर्न सक्दैन यो सबैले बुझनु पर्ने कुरा हो । सरकार नाकाबन्दीको संघारमा बनेको हुँदा जनताले चाहेको जस्तो अपेक्षा पूरा हुन सकेन त्यो स्वभाविकै हो । तर, सबै कुरा सरकारको टाउकोमा हालेर हँुदैन । कुन अवस्थामा सरकार चलेको थियो भनेर पनि हेर्नुपर्छ । मुलुकले संकटको सामना गरिरहेको बेला नाफामुखी व्यापारी, कर्मचारीले के गरे भनेर पनि हेरिनुपर्छ । संकटको बेला अझ बढी निजी स्वार्थ पूरा गर्नेहरूको कारण जनताले पाउनुपर्ने जति सेवा र सुविधा नपाएको सत्य हो । तर, यसलाई आलोचना मात्र गरेर हँुदैन । परिस्थितिको मूल्यांकन गरिनुपर्छ भन्ने मलाई लाग्छ । सरकारले दिनुपर्ने सेवा दिन नसके पनि प्रयास भने छाडेको थिएन ।

एमाले आन्तरिक कामभन्दा बढी गुटमा सक्रिय भयो भन्ने आरोप व्यापक छ, यसमा कत्तिको सत्यता देख्नुहुन्छ ?

बजारमा आएका टीकाटिप्पणीमा आंशिक सत्यता छ । हामी लोकतन्त्रको अभ्यास गर्दागर्दै धेरै नै गर्न लागेको छौंँ । पार्टीको महाधिवेशनमा गरेको गुटगत प्रतिष्पर्धाको असर अहिलेसम्म मेटिएको छैन । यसका सकारात्मक पक्षलाई मजबुत पार्दै नकारात्मक पक्षलाइ हटाउनु पर्छ । पार्टीभित्र देखिएको आन्तरिक प्रतिष्पर्धाको सकारात्मकभन्दा नकारात्मक कुरालाई बाहिर ल्याइयो । यसमा हामी नेताहरूको पनि केही त्रुटि होलान् ती सबै त्रुटीलाई अन्त्य गर्दै पार्टीलाई एक बनाएर लैजानु पर्छ । अब गुट होइन पार्टी चलाउनुपर्छ ।

प्रतिक्रिया