रग्बी टोली भारत प्रस्थान

rugby asia copyकाठमाडौं, ३ फागुन ।  भारतको चेन्नाईमा हुने एसियन लेभल रग्बी डेपलपमेन्ट सेभन एस च्याम्पियनसिप खेल्न जाने महिला तथा पुरुष खेलाडीलाई सोमबार बिदाई गरिएको छ । चेन्नाई सहरमा फेबु्रअरी १९ देखि २१ सम्म हुने प्रथम लिग खेलमा नेपालवाट पहिलोपटक महिला टिमले सहभागी जनाउन लागेका हुन् ।

पुरुषले भने यसअघि प्रि ओलम्पिक क्वालिफायर म्याच खेलिसकेका छन् । उक्त एसियन खेलमा एसियाका ११ देशका महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् । पुरुष तथा महिला दुवैतर्फ समान १२–१२ सदस्यीय खेलाडी त्यसतर्फ प्रस्थान गरे । पुरुषतर्फ नबिन गिरी कप्तान, कृष्णप्रसाद धमला, कृष्ण क्षेत्री, सन्जित ढुंगाना, श्रीराम श्रेष्ठ, प्रेमबहादुर कोइराला, रुपक थापा, कृष्णकुमार फाजु, जनक वाइबा, अमर श्रेष्ठ, अर्जुन थापा र विराट श्रेष्ठ छन् ।

महिलातर्फ कप्तानमा रसना गुरुङ, एलिसा थापा, मनिष थापा, सिर्जना राई, सुष्मिता थापा मगर, अमृता राई, सविना महर्जन, राधिका शाक्य, पार्वती अर्याल, नीताकुमारी शाह र विनु खड्का छिन् । टोलीको नेतृत्वमा गोपाल क्षेत्री, व्यवस्थापकमा विष्णु घिमिरे, प्रशिक्षकहरू गोविन्द घिमिरे, हरिबहादुर तामाङ र विनोद तामाङ पनि टोलीसँग भारत प्रस्थान गरे ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)का निमित्त सदस्यसचिव गंगाबहादुर थापा, रग्बी संघका अध्यक्ष टकंलाल घिसिङ र महासचिव चेतनराज गिरीलगायतले बिदाई गरेका थिए ।

निमित्त सदस्यसचिव थापाले उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएर आउन शुभकामना दिए । सघंका अध्यक्ष घिसिङले रग्बीले बिस्तार फड्को मार्ने क्रममा अन्तर्राष्ट्रिय एक्सपोजरलाई मुख्य प्राथमिकता दिने बताए ।

प्रतिक्रिया