काठमाडौं । सिजन मिडियाले आयोजना गर्दै आइरहेको ‘जुनियर स्कुल प्रिन्सेस’ प्रतियोगिताको पाँचौँ संस्करणका लागि आवदेन फारम खुला गरिएको छ । आवेदन फारम १५ चैतसम्म भरिसक्नुपर्ने र १६ चैत मंगलबारबाट पहिलो चरणको छनोट सञ्चालन गरिने सिजिन मिडियाले जनाएको छ ।
आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्तका अनुसार प्रतियोगीहरूको प्रशिक्षण १७ चैतबाट सुरु हुनेछ । उनीहरूलाई ३ सातासम्म व्यक्तित्व विकाससम्बन्धी विभिन्न प्रशिक्षण दिइनेछ । बाल उपयोगी प्रशिक्षणसम्बन्धी विज्ञबाट गराइने पनि वन्तले जानकारी गराए ।
जुनियर स्कुल प्रिन्सेस–२०१६ को अन्तिम स्पर्धा ०७३ वैशाख ११ मा हुनेछ । प्रतियोगिताको विजेतालाई जुनियर स्कुल प्रिन्सेस–२०१६ की वितेजाले मिनी ल्यापटप, मोबाइल, साइकललगायतका विभिन्न उपहार प्रदान गरिने वन्तले जानकारी दिए । यस्तो सहविजेता र उपविजेताले पनि विभिन्न उपहार पाउनेछन् । प्रतियोगितामा विभिन्न विधामा उपाधि रहेको आयोजक सिजन मिडियाले जननाएको छ । (सौस)
प्रतिक्रिया