तीस लाखमा वीरविक्रमको मोफसल राइट

birbikram copyकाठमाडौं, ३ फागुन । छायांकन सकेर हाल पोस्ट प्रोडक्सनमा रहेको चलचित्र ‘वीरविक्रम’को मोफसल राइट ३० लाख रुपैयाँमा बिक्री भएको छ । निर्माण कम्पनी चाम्स इन्टरटेनमेन्ट र श्रीकृष्ण फिल्मस् प्रालिबीच यस्तो सम्झौता भएको हो ।

निर्माण कम्पनीका तर्फबाट निर्देशक एवं निर्माता मिलन चाम्स र वितरकको तर्फबाट केदार पराजुलीले (एमजी) पत्रमा हस्ताक्षर गरेका छन् । ‘हँसिया’ चलचित्र निर्देशन गरेर निर्देशकको रूपमा आपूmलाई स्थापित गराएका निर्देशक मिलन चाम्सले यो चलचित्रलाई निर्देशन गरेका छन् ।

‘वीरविक्रम’मा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दिया पुनलगायत कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको आलेख याम थापाले लेखेका हुन् भने यसमा मिलनसँगै अनिला राई, पृथ्वीराज राई र शिवकुमार राईको लगानी रहेको छ ।

यम थापाको पटकथा, ताराप्रकाश लिम्बूको संगीत, रिनशा राईको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व रहेको छ । चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो चलचित्रको सन् २०१६ को अप्रिल ९ मा लन्डनमा विशेष प्रिमियर समेत हुँदै छ ।

प्रतिक्रिया