दिपाश्री निर्देशक बन्दै

1 copyकाठमाडौं । सरस्वती पूजाको अवसरमा चलचित्र निर्मात्री एवं हास्यअभिनेत्री दीपाश्री निरौला अब फिचर फिल्मको निर्देशक बन्ने जानकारी दिएकी छन् । उनले आपूmले निर्देशन गर्ने फिल्म ‘लप्पन छप्पन’ रहने भन्दै नाम सार्वजनिक गरेकी हुन् ।

दीपाश्रीले निर्देशन गर्ने ‘लप्पन छप्पन’ । अघिल्ला २ सिनेमा ६ एकान ६ र वडा नं ६ भन्दा ‘लप्पन छप्पन’ फरक धारको फिल्म हुने दिपाले बताइन् । ‘हामीले बनाएका अघिल्ला दुई फिल्मको तुलनामा यसको विषय फरक छ । तैपनि, हामी दर्शकलाई मज्जाले हँसाउँछौँ,’ उनले भनिन् । आमा सरस्वती मुभिज र गीतादेवी फिल्मस्को ब्यानरमा बन्ने यस फिल्ममा दीपकराज गिरी, निर्मल शर्मालगायतको टिम हुनेछ ।

हास्य टेलिशृखला तीतोसत्यको निर्देशक सहयोगी रहँदै आएकी दीपाश्रीको निर्देशकका रूपमा ‘लप्पन छप्पन’ डेब्यु फिल्म हो । यसअघि दीपाले ‘छ भने माया छपक्कै लाइदेउ’ निर्देशन गर्ने भन्ने हल्ला बजारमा चलेको थियो ।

प्रतिक्रिया