निल डेभिडको सातौ“ सैलुन

nil devid copyकाठमाडौं । हेयर स्टाइलिस्ट निल डेभिड कटुवालले सैलुनको सातौं शाखा सञ्चालनमा ल्याएका छन् ।

इटहरीस्थित इटहरी मलमा ‘निल डेभिड्स युनिसेक्स सैलुन’ नाममा खुलेको सैलुनलाई अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्लले उद्घाटन गरेका हुन् । उद्घाटनसँगै मल्ल र खनालले कविता प्रस्तुत गरेका थिए भने केही स्थानीय कलाकारले प्रस्तुति दिएका थिए । यस्तै नायक सरोज खनालले कपाल काट्न समेत भ्याए । कार्यक्रममा हेयर स्टालिस्ट डेभिडले आफ्ना मातापिताले करियर बनाउनमा स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार दिलाएकाले आपूmले नेपालमा यस्तो कलालाई भित्र्याउन सक्षम भएको बताए । साथै उनले पुरुषले पनि विदेशमा जस्तै महिला र पुरुषको हेयर स्टाइलिस बनाउन सक्छन् भन्ने लागेर यो पेसा अँगालेको बताए ।

डेभिडले काठमाडौंबाट सुरु गरेको हेयर स्टाइल व्यवसाय विराटनगर र झापामा समेत सञ्चालनमा आइसकेको छ । (सौस)

प्रतिक्रिया