सर्वनाममा ‘मान्छे पोल्ने भट्टी’

manchhe polne vatti copyकाठमाडौं, १ फागुन । ‘भट्टी’ भन्ने बित्तिकै हाम्रो मानसपटलमा अर्कै चित्रले प्रतिविम्बित गर्दछ । ‘भट्टी’ शब्दको विम्बात्मक प्रयोग गरिएको नाटक मान्छे पोल्ने भट्टीले भने अर्कै अर्थ प्रष्ट्याउँछ । झट्ट सुन्दा अनौठो लाग्ने शब्द अनुसार नाटक ‘मान्छे पोल्ने भट्टी’ विनाभट्टी शाब्दिक अर्थ प्रस्ट्याउने नाटक हो । जुन नाटक अहिले सर्वनाममा मञ्चन भइरहेको छ ।

समाजलाई भट्टीको रूपमा विम्बित गरिएको नाटकमा मानिस अनेकन प्रकारले समाजरूपी भट्टीमा पोलिरहन्छन् भन्ने नाटकले मूल आशय बोकेको छ । पुरुषविना महिलाको जीवन अधुरो मान्ने हाम्रो समाज र छोराविना वैतर्नी तरिँदैन भन्ने सोचलाई चोटिलो प्रयोग यस नाटकमा देखाउने प्रयास गरेको छ ।

गाउँमा सबैलाई न्याय दिने तर आपैmँ छोरी उमेरकी श्रीमती तरुनी श्रीमती भित्र्याएर अन्याय गर्ने बाबु । आफ्नै कान्छी आमालाई आमा नठानी प्रेममा पर्ने छोरा । लोग्नेमान्छेभन्दा स्वास्नीमान्छे गलत देख्ने समाज । आफ्नो अनेकन इच्छा आंकक्षालाई कुण्ठित गरेर सौतासँगै बूढो लोग्ने स्वीकार्ने किशोर श्रीमती र पुरुषविना आफ्नै जीवन अधुरो मान्ने महिला पात्र वरिपरि नाटक ‘मान्छे पोल्ने भट्टी’ घुमिरहेको छ । नाटकमा अधिकांश नयाँ कलाकार जोडदार अभिनय देख्न सकिन्छ । उनीहरूको अभिनय तारिफ गर्न योग्य नै देखिएको छ । नाटकले पछिल्लोसमय युवापुस्ताको रंगमञ्चप्रतिको झुकाव र लेखन तथा निर्देशनमा गर्न खोजेका नौलो प्रयासको भान गराउन खोजेको छ । अन्य कलाकारको तुलनामा नाटकमा सुशील गैरेले साधारण अभिनय गरे पनि सबैको मन छुने खालको अभिनय गरेका छन् ।

प्रणव आकाशको लेखन तथा निर्देशन रहेको यो नाटकमा भिष्म प्रणव आकाश, भिमा मैनाली, अर्पण रुपेन्द्र शिवाकोटीलगायतको अभिनय रहेको छ । नाटक बिहीबारबाहेक हरेक दिन बेलुका साढे ४ बजेपछि मञ्चन भइरहेको छ ।

प्रतिक्रिया