१७ वर्षपछि नेपाल फाइनलमा

Nepal v Mal (1) copyकाठमाडौं, १ फागुन । १२ औँ सागअन्तर्गत पुरुष फुटबलमा नेपाल माल्दिभ्सलाई हराउँदै१७ वर्षपछि साग फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सिमित नेपालले अतिरिक्त समयमा सानदार जीत दर्ता ग¥यो । निकै रोमाञ्चक बनेको सेमिफाइनल खेलमा नेपालका लागि नवयुग श्रेष्ठ फेरि एक पल्ट नायक बने । उत्कृष्ट लयमा देखिएका नवयुगले ह्याट्रिक गर्दै १७ वर्षपछि इतिहास दो¥याएका छन् । यसअघि बंगबन्धु गोल्डकपमा पनि नवयुगले सेमिफाइनल खेलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए ।

बेलाबेलामा नाटकीय मोड लिएको सेमिफाइनलमा नेपालले माल्दीभ्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय ग¥यो । १७ वर्षपछि साग फुटबलको फाइनलमा पुगेको नेपालले भारतसँग स्वर्ण पदकका लागि खेल्नेछ । यसअघि सन् १९८३ मा नेपालमा भएको पहिलो सागमा नेपालले स्वर्ण पदक जितेको थियो । जसमा नेपालको फुटबल अन्य तीन खेलले स्वर्ण जितेको थियो । त्यसपछि नेपालले सन् १९९३ मा बगंलादेशको ढाकामा भएको छेटौँ सागमा स्वर्ण जितेका थियो । उक्त सागमा नेपालले एक स्वर्ण पदक मात्र जितेको थियो जुन फुटबल थियो । उक्त टोली सदस्य राजुकाजी शाक्य अहिले फुटबलका प्रशिक्षक छन् । त्यसबेला पनि माल्दिभ्सलाई हराएर फाइनलमा पुगेको थियो । अहिले पनि सोही एतिहासको पर्खाइमा छ नेपाली फुटबल ।

शनिबारको खेलामा १५ औँ मिनेटमा अन्जन बिष्टले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । अन्जनले विमल घर्तिमगरको पासमा गोल गरेका थिए । खेलको ३६ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेर नेपाललाई २–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा उत्कृष्ट खेलेको नेपालले ३६ औं मिनेटमा नवयुगको गोलबाट अग्रता दोब्बर पारेसँगै पहिलो हाफमा नेपाल २–० ले अगाडी रह्यो ।

दोस्रो हाफमा माल्दिभ्स खेलमा फर्कियो । ५२ औँ मिनेटमा माल्दिभ्सका मोहम्मद हम्जाले गोल गरे । ६५ औँ मिनेटमा नेपालका कमल श्रेष्ठ दोहोरो पहेँलो कार्ड पाएसँगै उनी मैदानबाट बाहिरिए । त्यसपछि नेपाल १० खेलाडीमा सीमिति भयो । माल्दिभ्सले त्यसको फाइदा उठायो । उसले नेपाललाई लगातार दबाबमा राख्यो । खेलमा माल्दिभ्स नेपालविरुद्ध आक्रामक बुन्यो । त्यहीअनुरुप उसले गोल पनि ग¥यो । ८५ औँ मिनेटमा नासिदले बराबरी गोल फर्काए । खेलमा थप गोल भएन र अतिरिक्त समयमा धकेलियो । निर्धारित समयसम्म खेला २–२ को बराबरीमा रह्यो ।

खेलको ११५ औँ मिनेटमा माल्दीभ्सले गोल गर्दै नेपाललाई धक्का दियो । उसका लागि हसन जइजले गोल गर्दै माल्दिभ्सलाई ३–२ अग्रता दिलाए । तर, अन्तिम दुई मिनेटमा नेपालले दुई गोल फर्काउँदै नाटकीय जित हात पारेको छ । खेलको अन्तिम मिनेटमा नवयुगले बराबरी गोल फर्काए । तथापि खेल टाइब्रेकरमा जाने धेरैको अनुमान थियो । तर, खेल सकिन केही सेकेन्ड मात्र बाँकी छँदा नवयुगले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । यससँगै १७ वर्षपछि साग फुटबलमा नेपाल फानलमा पुग्यो ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ को उपविजेता तथा माल्दिभ्स समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले समूह चरणको खेलमा भुटानलाई ५–० ले हराएको थियो भने बंगलादेशसँग २–१ ले पराजित भएको थियो । नेपालले उपाधिका लागि सोमबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया