रेखाको निर्देशक अब सुदर्शन

rekha thapa copyकाठमाडौं । शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शन आएको चलचित्र ‘प्रेम गीत’का निर्देशक सुदर्शन थापाले नायिका रेखा थापाको नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् ।

चलचित्र ‘प्रेम गीत’ निर्देशन गरेका सुदर्शन थापाले यसअघि ‘मेरो एउटा साथी छ’ जस्तो सुपरहिट चलचित्र निर्देशन गरिसकेका छन् । शीर्षक तय नभएको फिल्ममा रेखा थापा र आभाष अधिकारीको मुख्य भूमिका रहने बताइएको छ ।

नायिका रेखा थापाको प्रदर्शनको तयारीको रहेको चलचित्र ‘रामप्यारी’ को २६ चैतदेखि रिलिज लगतै नयाँ चलचित्रको छायांकन सुरु गरिने बताएको छ ।
रेखाले निर्माण गर्ने नयाँ चलचित्र लभस्टोरी कथामा आधारित हुन्छ । विजयादशमीको अवसर पारेर रिलिज गर्ने बताइएको फिल्मको अहिले लेखन कार्य भइरहेको छ । बहुप्रतिक्षित चलचित्रको रूपमा हेरिएको चलचित्र ‘रामप्यारी’ प्रदर्शन लगतै सुटिङ गरिने नयाँ चलचित्रको अन्य कलाकार र प्राविधिकको बारेका छनोट पनि अघि बढेको छ । निर्देशक सुदर्शन थापा पनि रेखाको फिल्मलाई निर्देशन गर्ने बताएको छ । (सौस)

प्रतिक्रिया