फ्राइडे रिलिजमा क्लासिक अघि

classic, prem geet and cbs copyकाठमाडौं । शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शनमा आएका प्रेम कथामा आधारित ३ फिल्ममध्ये रिलिजको पहिलो दिन ‘क्लासिक’ अघि देखिएको छ ।

भ्यालेन्टाइनको छेको पारेर प्रदर्शनमा आएका ३ फिल्ममध्ये कसले बढी व्यापार ग¥यो होला भन्ने सबैको कौतुहलताको विषय बनिरहेको बेला अरू २ फिल्मभन्दा ‘क्लासिक’ केही अघि देखिएको हो । तीन फिल्म ‘क्लासिक’, ‘प्रेमगीत’ र ‘चलेछ बतास सुस्तरी’ एकसाथ रिलिज हुँदैगर्दा दर्शक बाँडिनु स्वभाविक भए पनि भिडन्त रोमाञ्चक बनेको छ ।

शुक्रबारको बिहानी तथा दिवा सो मा फिल्म ‘क्लासिक’को अकुपेन्सी अन्य २ फिल्मको तुलनामा केही माथि देखिएको हो । प्रदर्शनमा आएका तीनै फिल्मले काठमाडौं र मोफसलमा हाउसफूल बिजनेस गर्न सकेका छैनन् । तर, अकुपेन्सीमा ‘क्लासिक’ माथि पाइएको छ । यो फिल्मको अकुपेन्सी ५० प्रतिशत आसपास छ । फिल्मले शुक्रबार बिहान गरेको प्रेस सोबाट राम्रो प्रतिक्रिया भेटेको छ । दिनेश राउत निर्देशित फिल्ममा नम्रता श्रेष्ठ र आर्यन सिग्देल मुख्य भूमिकामा अभिनय गरेका छन् । त्यस्तै ‘प्रेमगीत’को अकुपेन्सी ४५ प्रतिशत छ । प्रिमियरबाट उच्च प्रतिक्रिया पाएको यो फिल्मले दर्शक होड गर्न सक्ने सामथ्र्य बोकेको छ । शनिबार तथा भ्यालेन्टाइनको दिन (आइतबार) फिल्म प्रति दर्शकको क्रेज थप बढ्ने आशा निर्माण युनिटको छ । सुदर्शन थापा निर्देशित फिल्ममा प्रदीप खड्का र पूजा शर्मा लिड रोलमा छन् ।

त्यस्तै ‘चलेछ बतास सुस्तरी’को बिजनेस पनि सुस्त गतिमै बढिरहेको छ । ‘क्लासिक’ र ‘प्रेमगीत’को हल कब्जाको कारण दर्जन जति मात्र हलमा रिलिज भएको यो फिल्मको अकुपेन्सी ३० प्रतिशत आसपास पाइएको छ । यद्यपि, माउथ पब्लिसिटीमा अन्य फिल्मभन्दा आपूmहरूमाथि हुने निर्माण युनिटको दाबी छ । प्रदीप भारद्वाजले बनाएको यो फिल्ममा सुष्मा कार्की र प्रमोद भारद्वाज लिड रोलमा छन् । (सौस)

प्रतिक्रिया