तेक्वान्दोमा अनपेक्षित नतिजा

taekwondo feature copyदक्षिण एसियाली खेलकुद सागको १२औँ संस्करण भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी एथलेटिक्स स्टेडियममा ५ पे्रmबुअरी र ६ फ्रेबुअरीमा मेघालयको सिलोङमा तामझामका साथ भएको उद्घाटनसँगै नेपालले उसु खेलबाट पहिलो स्वर्णपदकको खाता खोलिसकेको छ । अन्य खेलमा मिश्रित नजिता आइरहेको छ ।

दक्षिण एशियाली महासंघीय खेलकुद (साफ गेम्स) का रूपमा सन् १९८४ मा नेपालको राजधानी काठमाडौंबाट सुरु भएको क्षेत्रीय खेलकुदको कुम्भ पहिलोपटक भारतको २ सहरमा आयोजना भएको हो । सागमा यसपल्ट २३ खेल समावेश गरिएको छ । ती सबै खेलमा महिलाको स्पर्धा पहिलोपटक राखिएको छ । आयोजक भारत, नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, भुटान र माल्दिभ्सका २ हजार ६ सय बढी खेलाडीले २ सय २८ स्वर्ण, २ सय २८ रजत र ३ सय ८ कांस्य पदकका लागि प्रतिस्र्धा गरिरहेका छन्÷गर्नेछन् ।

नेपालबाट पनि २३ खेलमै नेपाली खेलाडीले भाग लिइरहेका छन्÷लिनेछन् । त्यसमा हक्की पुरुषको टोलीबाहेक सबै खेलमा महिला÷पुरुष खेलाडीले भाग लिएको नेपाली टोलीका सेभ दि मिसन तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवबहादुर विष्टले जानकारी दिएका छन् । सदस्यसचिवका अनुसार कुल २ सय ८४ खेलाडी १२औँ सागमा सहभागी छन् ।

भारतमा साग चलिरहँदा नेपाली खेलक्षेत्रमा तेक्वान्दोको चर्चा परिचर्चाले गाउँसहर गर्माएको छ । तेक्वान्दो प्रतियोगिता १३ पे्रmबुअरीबाट सिलोङमा हुनेछ । नेपालबाट तेक्वान्दोतर्फ ८ पुरुष र ५ महिलासहित १३ जनाले प्रतिस्पर्धा गर्नेछन् भने ५ कोच र २ निर्यायकसहित कुल २० जनाको टोली रहनेछ ।

जसअन्तर्गत पुरुषतर्फ ८७ तौलमाथि प्रेमबहादुर बुढाथोकी, ८७ तौलमुनी रामहरी महत, ८० तौल मुनि सक्षम कार्की, ७४ तौलमुनि निश्चलमान श्रेष्ठ, ६८ तौलमुनि मोहम्मद वेश रहेका छन् । त्यस्तै ६३ तौलमुनि वीरबहादुर महरा, ५८ तौलमुनि सुनील पौडेल र ५४ तौलमुनि, चन्द्रबहादुर रानामगर रहेका छन् । यसैगरी महिलातर्फ ६४ तौलमुनि आयशा शाक्य, ५७ तौलमुनि ज्ञानी चुनारा, ५३ तौलमुनि निमा गुरुङ, ४९ तौलमुनि यानकुमारी चौलागाईं र ४६ तौलमुनि रेजीना कार्की प्रतिस्पर्धामा उत्रिदै छन् । टोलीमा १ महिला र ५ पुरुष नयाँ अनुहार छन् भने अन्यले एसियन र साग खेलिसकेका छन् । सहभागीमध्ये चर्चित खेलाडीहरूमा महिलातर्फ टिम क्याप्टेन आयशा शाक्य, यानकुमारी चौलागार्इं र ज्ञानी चुनारा छन् भने पुरुषतर्फ मोहम्मद वेश र निश्चलमान श्रेष्ठ चर्चित अनुहार हुन् । राष्ट्रिय टोलीका शक्तिशाली खेलाडी मध्येका मनिता साही केही महिनाअघि टोलीबाट बिदाई हुँदै अमेरिका पसिन् भने हेबीवेटकलाई आयोजकले प्रतियोगितामा समावेश नगरेका कारण निशा रावलको स्वर्ण जित्ने सपना अधुरो रह्यो ।
राष्ट्रिय टोलीका

प्रशिक्षकहरूका अनुसार नेपालले तेक्वान्दोमा ३÷४ स्वर्णपदकको आशा राखेको बुझिएको छ । खेलाडीको अनुशासन, दैनिक तालिम, विशेष तालिम र अनुभवका आधारमा प्रक्षिक्षकहरूले यस्ता विश्लेषण गरेका हुन् ।

सन् १९९९ मा काठमाडौंमा भएको आठौँ सागमा १४ स्वर्णसहित साउथ एसिया हल्लाएको नेपाली तेक्वान्दोले बिस्तारै आफ्नो इतिहास गुमाउँदै आएको छ । इस्लामावादमा सन् २००४ मा भएको नवौँ सागमा ६ स्वर्णबाट तल झर्न सुरु गरेको नेपाली तेक्वान्दोले १०औँ सागमा २ र ११औँ सागमा आइपुग्दा २ स्वर्णमै नाक खुम्चियाउनु परेको छ ।

यस बीचमा २ खेलाडी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा स्थापितसमेत भए । दीपक विष्ट, जसले काठमाडौंमा भएको आठौँ सागदेखि ढाकामा भएको ११औँ सागसम्ममा निरन्तर ४ स्वर्ण जिती दक्षिण एसियामा तेक्वान्दो हिरोका रूपमा परिचय बनाए । नेपालमा तेक्वान्दो ‘क्विन’ को रूपमा सेलीब्रेटी बन्न सफल संगीना वैद्यले आठौँ र नवौँ सागमा स्वर्ण पदक पहिरिन सफल भएकी हुन् । दीपक र संगीना ओलम्पिकमा प्रतिस्पर्धा गरी नेपाली खेलक्षेत्रमा सुनौलो इतिहास रचेका खेलाडीसमेत हुन् । यिनै खेलाडी अहिले वरिष्ठ प्रशिक्षकको रूपमा नेपालमा तेक्वान्दोको विकासमा जुटिरहेका छन् भने यस १२औँ सागमा समेत कोचको भूमिकामा रहेका छन् । संगीना र दीपकबाहेक नेपाली टोलीका कोचमा धु्रव गुरुङ, नविन श्रेष्ठ र गणेश लामा जिम्बा रहेका छन् । त्यस्तै निर्णायकमा हिराबहादुर थापा र नोर्बु लामा छन् । संगीना र दीपकलाई १२औँ सागमा कोचको रूपमा समावेशले खेलाडीलाई प्रतिस्पर्धामा झनै सहयोग पुग्ने देखिन्छ ।

सारा नेपालीको नजर अहिले तेक्वान्दो प्रतियोगिताको ब्यग्र पर्खाइमा छ । किनकी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्ले पदक ल्याउन आशा गरेको खेलको पहिलो नम्बरमै तेक्वान्दो र त्यसपछि उसुको नाम रहेको छ । तेक्वान्दोलाई यही अवसरका साथसाथै चुनौति पनि उस्तै छ । नेपाली मार्सल आर्ट खेल क्षेत्रमा तेक्वान्दोको प्रतिस्पर्धी कराते नै हो । तर, यसपटकको सागमा कराते खेललाई समावेश गरेको छैन । जसले गर्दा नेपालमा तेक्वान्दोको उचाई अझै बढेको छ । त्यसलाई कायम राख्न नेपाली तेक्वान्दो टोलीले आठौँ सागको जस्तो ऐतिहासिक रेकर्ड फेरि रच्नुपर्छ । सागको अर्को संस्करण नेपालले आयोजना गर्ने पालो भएकाले पनि यस प्रतियोगितालाई खेलाडी तथा पदाधिकारीले चुनौति र अवसरका रूपमा लिनुपर्नेछ । यस कठिन परिस्थितिका बाबजुद खेलाडीलाई सागमा सफलता हासिल गरेर देशको प्रतिष्ठा बढाउनु पर्नेछ ।

यद्यपि, वैशाख १२ को महाभूकम्पले खेलाडीहरूमा पु¥याएको मानसिक, आर्थिक र सामाजिक पीडा र त्यसबाट देश तंग्रीनै नपाई छिमेकी देश भारतले गरेको अघोषित नाकाबन्दीका कारण आर्थिक क्षेत्र धरासायी त भयोभयो खेल क्षेत्रसमेत धरापमा प¥यो । जसका कारण खेलकुदमा राज्यले जति लगानी गर्नुपर्ने थियो, त्यो सम्भव भएन, त्यसको सिकार तेक्वान्दो पनि हुन पुग्यो । त्यसमा अभैm राजनीतिक भागवण्डाका कारण राज्यले गर्नुपर्ने सहयोग अव्यवस्थित र अपुग हुनु, विशेष जिम्मेवारी र नियुक्तिमा ‘राम्रोलाई भन्दा हाम्रालाई’ स्थान दिइएको अवस्थाले गर्दा खेलाडीहरूले दक्ष कोच, आवश्यक विशेष तालिम एवं उचित ‘डाइट’ समेत नपाएको आरोप छ । राज्य र संघका कमजोरीका कारण समयमै खेलाडी छनोट नहुनाले सागमा खेल्ने तेक्वान्दो खेलाडीहरूले डेढ महिना पनि विशेष प्रशिक्षण लिन पाएनन् ।

अन्तमा, हरेक निर्णय र कार्यान्वयन हतार हतारमै गरिने र राजनीतिक जोडघटाउको परिपाटीले सागको प्रतिस्पर्धाका लागि पूर्ण तयारी गरिएको देखिँदैन । जसका कारण जित्ने सम्भावना अधिक रहँदारहँदै पनि नेपाली तेक्वान्दोले भारतीय भूमिमा पराजय भोग्यो भने त्यसको जिम्मेवारी राज्यले लिनुपर्छ ।
(दिनेश शर्मा, तेक्वान्दो प्रशिक्षक)

प्रतिक्रिया