नयाँशक्तिलाई करिश्माले ‘फागु’ देखाउने

fagu movie copyकाठमाडौं । १२ वर्षपछि चलचित्र निर्माणमा फर्किएकी नायिका करिश्मा मानन्धरले ‘फागु’को प्रिमियर नगर्ने बताएकी छन् ।

प्रिमियर सो आफूलाई नफाप्ने भएकाले सामान्य पारामा चलचित्र चलाउने सोच बनाएकी करिश्माले नयाँशक्तिमा आबद्ध व्यक्तिलाई भने विशेष सोमा निम्ता गर्ने भएकी छिन् । ‘मलाई प्रिमियर सो फाप्दैन त्यसकारण गर्दिनँ तर नयाँशक्ति समूहका लागि भने विषेश सो गर्दैछु ।’ करिश्माले भनिन् ।

नयाँशक्तिमा आबद्ध सबैले चलचित्रप्रति चासो देखाएकाले पनि चलचित्र देखाउने योजना बुनेको नायिका मानन्धरले सुनाइन् । काठमाडांैमा भएजतिलाई चलचित्र हेर्न निम्ता गर्ने योजना रहेको उनले बताइन् । ‘सकेसम्म धेरै साथीहरूलाई चलचित्र देखाउने सोचमा छु । हेरौँ के हुन्छ ।’ सम्झना रौनियारको निर्देशन रहेको ‘फागु’मा नायिका शिल्पा पोखरेल र नवकलाकार सुवास पराजुलीले मुख्य भूमिका निर्वाह गरेका छन् ।

सुवास परीक्षाको तयारीमा छन् भने शिल्पा ‘हामी शरणार्थी’ नाम गरेको अर्को चलचित्रको सुटिङमा व्यस्त छिन् । (सौस)

प्रतिक्रिया