‘राहदानी’ पुग्यो मलेशिया

rahadani1 copyकाठमाडौं, २६ माघ । बैदेशिक रोजगारको कथाव्याथा बोकेको चलचित्र राहदानीको बिदेश प्रिमियर मलेशियामा गरिएको छ । डब्बु क्षत्री निर्देशित चलचित्र ‘राहादानी’ मलेशियाको राबाङ स्थित डिजिटल सिनेमा राबाङ हलमा प्रदर्शन भएको हो । चिनियाँ नयाँ वर्षको अबसरमा भएको यो चलचित्रको पहिलो प्रदर्शनी रहेको चलचित्र युनिटले जनाकारी दिएको छ ।

राहदानीको प्रिमियरको क्रममा मलेशियामा बस्ने नेपाली कामदारहरूको आँसु थाम्न नसकी रोएका थिए । चलचित्रमा विदेशमा भोगिने दुखका बारेमा कथा बुनिएको छ । चलचित्र हेर्दा हेदै अधिकाँस नेपाली स्तब्ध भएका थिए । उनीहरूको आँखा पटक पटक रसाएको मलेशिया प्रदर्शन संयोजक पूर्ण सुब्बाले जानकारी दिएका छन् ।

खाडी मुलुकदेखि युरोप, अमेरिका, अष्ट्रलियालगायत मुलुकमा रोजगारीका लागि बस्दै आएका नेपालीहरूका समस्या र कथाव्याथालाई चलचित्र राहदानीले निकै मिहिन रूपमा उठाएका मलेशियामा यो चलचित्र हेर्ने दर्शकले बताए । राबाङमा यो चलचित्र हेरेपछि दर्शकहरूले फेरी हेर्ने इच्छा व्यक्त गरेको भन्दै मलेशिया प्रदर्शन सँयोजक पूर्ण सुब्बाले राहदानीको पुन प्रदर्शनी स्थानीय डिजिटल सिनेमा राबाङ हलमा १४ फेबु्रअरी (२ फागुन) मा राखिएको बताएका छन् ।

यो चलचित्रको राबाङ हलमा प्रिमियर पछि १० फेबु्रअरी देखि १३ फेबु्रअरीसम्म क्वालालाम्पुर, पेनाङ लगायतका स्थानमा प्रदर्शनी कार्यक्रम राखिएको सुब्बाले बताए । यो चलचित्रको मलेशिया प्रदर्शनीमा काठमाडौंका राहदानीका निर्देशक डब्बु क्षत्री र निर्माण समुहका केही व्यक्त मलेशियामा छन् । आफ्नो चलचित्रलाई प्रथम प्रदर्शनीमा दर्शकहरूले अति मनपराएकोमा निर्देशक क्षत्रीले खुसी व्यक्त गरे ।

आफूले लक्षित गरेको दर्शकले राहदानीलाई सामाजिक यथार्थबादी चलचित्र भनेर सम्बोधन गरेको पनि क्षत्रीले बताए । राहदानी मलेशियामा प्रदर्शन गरेर आफूहरू ३ फागुनमा नेपाल फर्कने उनले जानकारी गराए ।

चलचित्रमा लक्ष्मी प्रसाद ढकाद, रम्भा पाण्डे, रियाना पात्रबँश, नैनु शमशेर जबरा, कृष्णचन्द्र झा र अभिषेक मान सिंह निर्मित यो चलचित्रमा दयाहाङ राई, रूपा खनाल, अशोक रिजाल, सृजना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, मोनिका दाहाल, विकाश जोसी, फुपु तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, विधा कार्की, दिनेश दुलाल लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया