अरुणालाई सम्झिँदै अलग अभियान

alag_aviyanनेपाली गौरव गर्छौँ आफ्नैपनको घमण्डी त होइन है
सबैको साथी बन्ने बानी हाम्रो पछौटे त होइन है

यो गीतबाट गायिका अरुणा लामाको १८औँ स्मृति कार्यक्रम । अलग अभियानको अलग हबले अरुणा लामालाई सम्झँदै ‘सम्झनामा अरुणा’ शीर्षकमा कार्यक्रम गरेको छ । ११ वर्षकी सुरस्मा लामिछानेले माथिको गीत गाएर कार्यक्रमको सुरुआत गरेकी थिइन् ।

त्यसपछि गायिका लामाद्वारा स्वरबद्ध ‘पूmललाई सोधेँ’, ‘लहरे बर घुमाउने चौतारी’, ‘मेरो आँखाको निद उडाई’, ‘एक्लै बस्दा’, ‘पोहोर साल’, ‘चौतारीमा’, ‘यति धेरै माया दिई’, ‘ए कान्छा ठट्टैमा’ बोलका कालजयी गीतहरू आर्ट हबका विद्यार्थीहरू मिङ्मा तामाङ, नम्रता राई, रमेश खड्का, बबिना किराती, सजना राई, सुनिता थेगिम, शोभा परियार र सागर संसार राईले प्रस्तुत गरे ।

विद्यार्थीहरूको प्रस्तुतिपछि बोल्दै अतिथि वक्ता प्रभाकर गौतमले अरुणा लामालाई विरही गायिकाको रूपमा मात्रै बुझ्न नहुने बताए । उनले पुराना स्रष्टाहरूको गुमनाम सिर्जनाहरूलाई खोजी गरी स्रोताहरूको पहुँचमा ल्याउनुपर्ने पनि बताए । त्यसैगरी अतिथि गायिका आभा मुकारुङले गायिका लामाको सम्मान र सम्झनामा ‘भेटिनु छुटिन त के हो र…’ र पार्वती राईले ‘उडी जाउँ भने म पंक्षी होइन…’ बोलको गीत प्रस्तुत गरे ।

वाद्यवादनमा साथ दिनेहरू पावल थुलुङ (बाँसुरी), राजकुमार समाल र नाकिमा (गिटार), यमकुमार समाल (तबला र मादल), फोटोग्राफीको लागि सुक तुम्रोक, अतिथि, वक्ता र सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै आर्ट हबका अध्यक्ष मण्डल साम्पाङले कार्यक्रमको समापन गरे । उनी स्वयंले हार्मोनियममा साथ दिएका थिए ।

प्रतिक्रिया