उत्तर कोरियाद्वारा रकेट प्रक्षेपण

North Koreans applaud as they watch an electronic screen announcing the launch of a satellite on Sunday, Feb. 7, 2016, at the Pyongyang Railway Station in Pyongyang, North Korea. North Korea on Sunday defied international warnings and launched a long-range rocket that the United Nations and others call a cover for a banned test of technology for a missile that could strike the U.S. mainland. (AP Photo/Kim Kwang Hyon)

सोल, २४ माघ । उत्तर कोरियाले आइतबार विवादास्पद लामोदुरीको रकेट, भूउपग्रह प्रक्षेपण गरेको समाचार छ । सो प्रक्षेपणको कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि सो देशले जानकारी दिएको छ । यसलाई उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको भन्दै संसारमा नै त्यसको विरोध भएको बताइएको छ । प्रक्षेपणलाई अमेरिकामा मारहान्ने खालको शक्तिशाली हतियारकै प्रक्षेपण गरेको भन्दै यसको विरोध गरिएको समाचारमा जनाइएको छ ।

आइतबार सो प्रक्षेपण गरिएको जानकारी उत्तर कोरियाको सरकारी टेलिभिजनले जानकारी दिएको छ । उक्त टेलिभिजनले उत्तर कोरियाली नेता किम जोङ उनको प्रत्यक्ष निर्देशनमा सो प्रक्षेपण गरिएको घोषणा गरेको थियो । साथै उक्त प्रक्षेपणको कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी सरकारले दिएको पनि उक्त समाचारमा जनाएको छ ।

यसअघि पनि उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको थियो । सो बमको परीक्षणको पनि विश्वव्यापी रुपमा विरोध भएको थियो । यस रकेट प्रक्षेपणको तयारीको समाचार यसअघि नै उत्तर कोरियाले सार्वजनिक गरेको थियो । सो समाचारको विश्वव्यापी रुपमा नै विरोध भएको थियो ।

आइतबार यस रकेट प्रक्षेपण गरेको समाचारको देशव्यापी रुपमा विरोध भएको छ । संयुक्त राज्य अमेरिका, चीन, संयुक्त राष्ट्रसंघले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

सुरक्षा परिषदको आकस्मिक बैठक
यसैबीच यसै विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक बस्ने भएको बताइएको छ । लामो दूरीको यस रकेट प्रक्षेपणको विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आइतबार नै न्युयोर्कमा बस्ने भएको हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्य राष्ट्रहरुका साथै दक्षिण कोरिया र जापानका अधिकारीहरुसँग पनि कुराकानी भएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।

जापान, दक्षिण कोरिया र अमेरिकाले यस प्रक्षेपणको परीक्षणले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदका शान्ति र निशस्त्रीकरणसम्बन्धी प्रस्तावहरुको उल्लङ्घन गरेको बताएका छन् । त्यसै विषयमा उक्त परिषदको बैठकमा छलफल हुने र उत्तर कोरियामाथि गर्ने कारबाहीका बारेमा पनि ठोस प्रस्ताव ल्याइने जानकारी दिइएको छ ।

महासचिव बानद्वारा विरोध
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यस घटनाको विरोध गरेका छन् । उनले उत्तर कोरियाको यस कार्यलाई उत्तेजनात्मक भन्दै संसारभरि नै यसले उत्तेजना बढाउने मात्र काम गर्ने प्रतिक्रिया दिभएका छन् ।

उनले कोरियाली प्रायद्वीपमा यस कार्यले बढाउने उत्तेजना र यसका कारण हुने सस्त्राश्त्रको होडका पक्षमा हुने कुनैपनि कार्यलाई आफूले निशस्त्रिकरण गर्ने काममा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले यसअघि पनि उत्तर कोरियालाई यस्ता कुनै पनि उत्तेजक काम नगर्न आग्रह गर्दै आएका थिए ।

चीनद्वारा दुःख व्यक्त
यसैबीच यस मिसाइल परीक्षणको विषयप्रति चीनले दुःख व्यक्त गरेको जनाएको छ । उत्तर कोरियाले उक्त परीक्षणको कार्य सफल रहेको जानकारी दिएपछि चीनले यसप्रति गम्भीर चासो व्यक्त गरेको जनाएको हो ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुङ्ले ‘विश्व समुदाय नै विपक्षमा रहेका बेलामा उत्तरले गरेको यस प्रक्षेपणप्रति चीनको गम्भीर चासो रहेको छ’ भन्ने टिप्पणी गरेका छन् । यसअघि उत्तर कोरियाले हाइड्रोजन बमका परीक्षणको समाचारप्रति पनि चीनले विरोध जनाएको थियो । चिनियाँ विरोधको यस समाचारलाई विश्व समुदामा नै निकै अर्थपूर्णरुपमा हेरिन्छ ।

यसैबीच, उत्तर कोरियाले आइतबार गरेको लामोदुरीको रकेट, भूउपग्रह प्रक्षेपणको रसियाले पनि निन्दा गरेको छ । सो प्रक्षेपणबाट प्योङ्गयाङ्गसहित क्षेत्रीय सुरक्षामासमेत खतरा हुने रसियाले बताएको छ । रकेट परीक्षण सफलतापूर्वक सम्पन्न भएको उत्तर कोरियाले आइतबार जानकारी दिएको हो ।

प्रतिक्रिया