सुन्तली–धुर्मुसलाई देशको माया

dhurmusकाठमाडौं, २२ माघ । हाँस्य कलाकार  कुञ्जना घिमिरे (सुन्तली) र सिताराम कट्टेल (धुर्मुस) ले एक म्युजिक भिडियोमा अभिनय गर्दै देश नटुक्राउने खेल नखेल्न आग्रह गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव समेत रहेका गीतकार दिनेश थपलियाको शब्दमा रहेको ‘मेरो देश इन्द्रेणी’ बोलको राष्ट्रिय गीतमा अभिनय गर्दै उनीहरुले यस्तो सन्देश दिन खोजेका हुन् ।

भूकम्प पीडितकालागि आवास निर्माण तथा देश बनाउने अभियानमा निरन्तर लागि रहेका उनीहरुले थपलियाको राष्ट्रिय गीति एल्बम ‘सजग’मा समावेश भएको ‘मेरो देश इन्द्रेणी’ बोलको गीतमा अभिनय राष्ट्रियाता बचाउको अभिनय गरेका हुन् । टेलिभिजनको पर्दामा अनेक रुपमा देखिने सिताराम कट्टेल यो गीतको भिडियोमा भने सच्चा नेपाली भएर प्रस्तुत भएका छन् । गीतले नेपाललाई इन्द्रेणी रंगहरुसँग तुलना गर्दै मिलेर रहेका रंगहरु छुट्याउने खेल नखेल्न अपिल गरेको छ ।

यो गीत समसामयिक परिवेशमा आफ्नो वास्तविक भावना जोडिएको भन्दै आफूले अभिनय तथा निर्देशन पनि गरेको उनीहरुले बताएका छन् । गीतमा स्वरुपराज आचार्यको स्वर, बसन्त सापकोटाको संगीत छ ।

प्रतिक्रिया