बार्सिलोनाको फराकिलो जित

barca vs valencia copa football copyनाउ क्याम्पमा । स्पेनिस क्लव बार्सिलोना कोपा डेल रे कपमा फाइनल नजिक पुगेको छ । गएराति भ्यालेन्सियाविरुद्ध सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले जित हात पार्दै फाइनल नजिक पुगेको हो । बार्सिलोनाले खेलमा गोलको वर्षा गर्दै फराकिलो जित हासिल ग¥यो । खेलमा भ्यालेन्सिया ७–० को गोल अन्तरले पराजित भयो ।

बार्सिलोनाका लागि लियोनेल मेस्सी र लुइस सुवारेजले ह्याट्रिक पूरा गरे । उसका लागि मेस्सीले ३ र सुवारेजले ४ गोल गरे । अर्का स्ट्राइकर नेइमारले भने पेनाल्टीमा गोल गर्न सकेनन् । बार्सिलोनाका लागि खेलको ७औँ मिनेटमै सुवारेजले गोलको खाता खोलेका थिए । पहिलो हाफकै १२औँ मिनेटमा उनले दोस्रो गोल गरे । खेलमा बार्सिलोनाले २–० को अग्रता लियो । २९ औँ मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई ३–० गोलको स्थितिमा पु¥याए ।

पहिलो हाफको अन्तिमतिर भ्यालेन्सियाका डिफेन्डर मुसाफीले डि–बक्समा मेस्सीलाई लडाएपछि रातो कार्ड पाएका थिए । त्यसबापत बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो । तर पेनाल्टी प्रहारको मौका पाएका नेयमारले गोल गर्न सकेनन् । १० खेलाडीमा सीमित भ्यालेन्सिया त्यसपछि निकै दबाबमा परेको थियो । पहिलो हाफमा नै बार्सिलोना ३­–० ले अगाडि रह्यो । दोस्रो हाफको ५८ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । मेस्सीले पुनः खेलको ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

स्वारेजले खेल सकीन ७ मिनेट सकिदा ह्याट्रिक पूरा गरे । पुनः त्यसको केही समयपछि स्वारेजले गोल थप्दै बार्सिलोनालाई ७–० को जित दिलाए ।
स्वारेजले खेलको ८८ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरेका थिए । सेमिफाइनलको दोस्रो लेग आगामी बुधबार भ्यालेन्सियाको घरेलु मैदानमा हुनेछ । (एजेन्सी)

प्रतिक्रिया